२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोग पुगेर विप्लवले भनेः मुलुकमा निर्वाचनको वातावरण बनिसकेको छैन



अ+ अ-

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रमचन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षर गर्न पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको कुरा तथ्य भएको प्रतिक्रिया दिनुभएको हो ।

महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रुपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरुले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर समेत गर्नुभयो ।

महासचिव विप्लवले भन्नुभयो,‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन कि यो क्रान्तिकै संघर्षकै एउटा नयाँ मोर्चाको रुपमा हामीले जनताको पक्षमा यसलाई प्रयोग गर्दछौँ । पार्टी भन्दा बाहेक बाहिर अरु साधन छैन हामीसँग जनताको सेवा गर्ने र देशको सेवा गर्ने । यो नयाँ पार्टी हो । र जनताको सल्लाह अनुसार नै यो कदम चालिएको छ । कम्युनिष्ट पार्टी एकताको बहसमा त नेपालमा जारी नै छ । आज तपाईले हेर्नुभयो होला नेपालमा कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने हाम्रो प्रस्ताव छ । हामी यहाँसम्म आएका छौं । नेकपाले अहिलेसम्म देशलाई र जनतालाई क्षति हुने कुनैपनि काम गरेको पनि छैन । र गर्न पनि दिएको छैन । यसका लागि लड्दै आएको छ । र जनताको सुझावअनुसार नै जनताले आफ्नो अधिकार चाहन्छन् । देशले स्वाधिनता चाहन्छ, नेपाल पुस्ताले एउटा परिवर्तनसहितको जीवन चाहन्छ । त्यसका लागि हामी संघर्षरत रहन्छौ ।’

‘आजसम्म नेकपा मात्रै एउटा हो, जो जनतासँग जोडिएर काम गरेको छ । जेनजीलाई हाम्रो समर्थन र प्रेरणा थियो । निर्वाचनमा गएर सिंगै देशलाई बदल्ने । तपाईहरुकै साथ लिने हो । जति पनि नकारात्मक र दुखद परिणामहरु छन् । त्यसको शिक्षासहित नेकपाले हामीले देशलाई अपिल पनि गरेका छौँ । जनताले साथ दिएभने यो देशका युवाहरुलाई म नेपाली हुँ भन्ने स्वाभिमानीपूर्ण जीवन दिने हाम्रो चाहना छ । हामी देशभरी जाँदा तपाई आउनुस् भन्ने जनताको सुझाव छ । नेकपा जसले अहिलेसम्म देशलाई सम्पूर्ण रुपले आफ्नो जीवन समर्पित गरेको छ । त्यस आधारमा । हामीले तीन वटा कुरा सोचेका छौँ । नम्बर एक एउटा नयाँ कम्युनिष्ट केन्द्रको लागि पहल गर्ने । दोस्रो समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने । तेस्रो तत्काल नेपालको जो अस्थिर संकटपूर्ण राजनीति छ । त्यसलाई निकास दिनका लागि एउटा सचेत सबै मित्रहरुसँग मिलेर देशभक्त, समाजवादी, कम्युनिष्ट हरुसँग मिलेर निकासका लागि पहल गर्ने । अहिले चुनावको वातावरण बनिसकेको छैन । त्यो त  साँचो हो । तर एक दिन त चुनाव हुन्छ ।’

महासचिव विप्लवले नयाँ एउटा कम्युनिष्ट केन्द्र बनाउने गरी मुलुकलाई संकटबाट निकास दिने विषयमा मिलेर जाने विषयमा घनश्याम भुसाल र जनार्दन शर्मासँग छलफल गरिएको पनि बताउनु भयो ।