एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन् ।
क्याट्रिना र उनका श्रीमान् विक्की कौशलले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै छोरा जन्मिएको घोषणा गरेका हुन् ।
विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन् ।क्याट्रिना र विक्कीले आफ्नो पोस्टमा लेखेका छन्, ‘हाम्रो खुशीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ, हामी हाम्रो छोरालाई स्वागत गर्दछौं। नोभेम्बर ७, २०२५ क्याट्रिना र विक्की।’
क्याट्रिना कैफले सेप्टेम्बरमा आफ्नो गर्भवती भएको घोषणा गरेकी थिइन्। इन्स्टाग्राममा, उनले आफ्नो र विक्की कौशलको बेबी बम्प समातेको तस्बिर पोस्ट गरेकी थिईन् ।
कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा भएको थियो।










