१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शुरु भएको छ ।

बैठक शुक्रवार बिहान चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको हो । बैठकमा पाँच सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाउने रास्वपाले जनाएको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेश गर्नुहुनेछ ।

साथै प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।