२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डम्पिङ साइड बन्दै सरकारी कार्यालय



अ+ अ-

जिल्लाको मुटुमा रहेको गमगढी बजारका विभिन्न स्थानमा रहेका सरकारी कार्यालयका खाली जग्गा अहिले स्थानीय वासीका डम्पिङ साइड बनेको छ । गमगढी बजारको बीच सडकमा जोडिएका सरकारी कार्यालयहरूले आफ्नो खाली जग्गा व्यवस्थापन गर्न नसक्दा ती सरकारी कार्यालयका जग्गामा बजारवासीको फोहोर थुपार्ने डंगुर बन्न थालेको हो । सदरमुकाम गमगढी बजारको मुख्य सडकसँग जोडिएका वन डिभिजन, खाद्य संस्थान कृषि, राष्ट्रिय अनुसन्धान र नेपाल टेलिकमको खाली जग्गामा बजारवासीले आफ्ना घरायसी तथा पसलका फोहोरहरू रातीका समयमा फाल्ने गरेकाले यो कार्यालयले आफनो खाली जग्गाको व्यवस्थापन नगर्दा बजारवासीको फोहोर थुपार्ने डंगुर बन्ने गरेको जग्गा आसपासका स्थानीयहरू बताउँछन् ।

गमगढी बजारको मूल सडकसँग जोडिएको जिल्ला वन डिभिजन कार्यालयको कुल जग्गाको क्षेत्रफल मध्ये ३५ प्रतिशत जग्गा त्यस आसपासका व्यक्तिहरूले रातीको समयमा दिनहुँ आफ्नो घर र पसलको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइड बनाउने गरेका छन् । डिभिजन कार्यालयकै ८४ वर्गमिटर अतिक्रमण भएको छ । फोहोरले गर्दा यो आसपासमा सर्वसाधारण नाक छोपेर हिँड्ने गरेका छन् । जताततै सिसाका बोतल प्लास्टिकलगाएत अन्य फोहोर छन् । वेलावेला कर्मचारीले सफाइ गरेका छन् । फोहोर नगर्न सार्वजनिक सूचना टाँससमेत गरेको भए पनि रातीको समयमा आसपासकै बजारवासीले फोहोर फाल्ने गरेका हुन् ।

मुख्य कारण कार्यालयको खाली जग्गाको घेरबार र पर्खाल नभएका कारण फोहोर थुप्रिएको हो ।कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पर्खाल निर्माण गर्न अनुरोध गरिएको छ । स्वयं मन्त्रालयकै सचिवले समेत यो अवस्था देखेर गएका छन् । पर्खाल तथा घेरबार नहुँदा कार्यालयको खाली जग्गा फोहोरको डंगुर बनेको जिल्ला वन डिभिजन कार्यालय मुगुका प्रमुख भरत बुढथापा बताउँछन् । जिल्ला भेटनरी अस्पातलको खाली जग्गासमेत आसपासका स्थानीयले फोहोर फाल्ने डंगुर बनाएका थिए । अहिले आफ्नो कार्यालय वरिपरि घेरबार गरेकाले अहिले फोहोर देखिएको छैन ।

सँगै जोडिएको नेपाल खाद्य संस्थानमा समेत आसपासका स्थानीयकै कारण भवनको पछाडिका भागे डम्पिङसाइड र खच्चड राख्ने स्थान बनेको छ । कृषि कार्यालयको केही भाग र नेपाल टेलिकम माथिल्लो भागमा समेत रातीको समय त्यस आसपासबाट आएको फोहोरले कार्यालय दुर्गन्धित बन्ने गरेको ती कार्यालयका कर्मचारीहरूले बताएका छन् । सरकारी कार्यालयको खाली जग्गामा त्यस आसपासका स्थानीयवासीले फोहोर फाल्दैनन् ।

रातीको समय अलि टाढाका मान्छेले फोहोर फाल्ने गरेका हुन्छन् तिनीहरूले फालेको फोहोरले गर्दा जग्गा असापासमा रहेका सर्वसाधारणले फोहोर फाल्ने गरेको आरोप खेप्नुपरेको छ । अहिले नगरपालिकाले सबै स्थानमा सिसी क्यामेरा जडान गरेको छन् । अरूले फालेको फोहोरका कारण वन डिभिजन कार्यालयलगायत अन्य कार्यालयको खाली जग्गासँग जोडिएका घरधनी तथा व्यवसाहीले दुर्गन्ध खेप्नुपरेको व्यवसायी राष्ट्रराज कार्की बताउँछन् । सौर्य दैनिक




भर्खरै