२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय बन्द, एसईई चालू, नयाँ भर्ना गर्न नपाइने



अ+ अ-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तीन हप्तासम्म विद्यालय बन्द गर्न अपिल गरेका छन् । उनले सो अवधिमा स्कुले उमेरका करिब ७० लाख बालबालिकालाई परिवारसँग घरमै बस्न अपिल गरेका हुन्। एसईई परीक्षा शुरू हुनु दुई दिनअघि हिजो मंगलबार जारी गरेको अपिलमा मन्त्री पोखरेलले भोलि बिहीबारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) भने नरोकिने जानकारी दिएका छन्। उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गरिने भएकाले परीक्षा नरोकिने स्पष्ट पार्दै उनले सबै विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन्।

मन्त्री पोखरेलले आज ५ गतेसम्म परीक्षा सकिएका १ देखि ९ कक्षासम्मका सबै विद्यार्थीलाई भोलिबाट परिवारसँग बस्न अपिल गरेका छन् । कोरोना भाइरसको संक्रमणको त्रास रहेको अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान र यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न उनले अपिल गरेका छन्। मन्त्रालयको अपिल सबैले पालना गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले भनेका छन्– ‘कतिपय स्थानीय तहले मन्त्रालयको निर्देशन अटेर गरी आ–आफ्नै ढंगले परीक्षा सञ्चालन र विद्यालय भर्नासम्मका क्रियाकलाप गर्न थालेपछि शिक्षाले संघीय मन्त्रालयमार्फत सबै कार्यक्रम स्थगित गर्न मन्त्रालयले पत्र पठाउने तयारी गरेको छ।’

उनका अनुसार विशेष गरी भर्ना र वार्षिकोत्सवलगायतका कार्यक्रम रोक्न अपिल गरिएको हो। अटेर गर्ने विद्यालयलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग राय लिइनेछ। मन्त्री पोखरेलले भन्नुभयो– ‘संकटको अवस्थामा सबैले सहयोग गर्नुपर्ने दायित्व भएकाले अपिल गरेका हौं। विश्वविद्यालयले लिइरहेको र अब लिने परीक्षाको विषयमा कस्तो निर्णय गर्ने भन्ने विषयमा उपकुलपतिहरूसँग छिट्टै बैठक बसेर निर्णय दिइनेछ।’ स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालसँगको परामर्श र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उच्चस्तरीय समितिसँगको छलफल तथा विश्लेषणका आधारमा एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध गरिएको मन्त्रीको अपीलमा उल्लेख छ।

मन्त्री पोखरेलले विद्यार्थीलाई स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा हेल्थडेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी दिए। अपिलमा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) मा सरकारले लगाएको रोक दुई अवस्थाका लागि खुला गरिएको उल्लेख गरेको जनाएका छन्। उता शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आफैं विद्यालय बन्द गर्न आग्रह गरेका निजी विद्यालयले आफैले भर्ना खुलेको सूचना दिनु गलत भएको बताए। अहिले हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माको ह्वाइट हाउस वल्र्ड स्कुल, अक्षरा, रोजबर्ड प्रिमियर, मोदीलगायत नाम चलेका दुई दर्जन बढी ठूला विद्यालयले भर्ना खोलिसकेका छन्।

प्रवक्ता शर्माले भर्ना लिने समय वैशाखदेखि भएकाले अहिलेदेखि आत्तिएर तनाव बढाउन जरुरी नभएको बताउँदै भन्नुभयो– ‘अब विद्यालयमा तीन हप्ता भीडभाड हुने सबै कार्यक्रम स्थगित गर्छौं।’ यसैबीच यस वर्षको एसईई परीक्षा भोलि बिहीबारदेखि सुरु हुँदै छ। विद्यालय बन्द गर्ने बताए पनि सरकारले करिब ५ लाख विद्यार्थी सहभागी हुने उक्त परीक्षा तत्काल नरोक्ने बताएको हो। नेपाल समाचारपत्र दैनिक