२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ताको सूचीमा खानेपानी मन्त्रीको नाम परेपछि…



अ+ अ-

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको सूचिमा मन्त्रीकै नाम पनि परेको छ । आयोगमा परेको उजुरी उपर छानविन गरि जारी गरिएको सूचीमा तत्कालीन विद्रोही माओवादीमा रहेकी बिना मगर पनि बेपत्ताको सूचीमा परेकी हुन् । हाल उनी खानेपानी तथा सरसफाइ मन्त्री रहेकी छन् । सशस्त्र द्वन्द्वका समयमा पूर्ण र आंशिक बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गर्दा उनको नाम १९० औँ नम्बरमा रहेको छ । आयोगले सोमबार २ हजार ५ सय ६ जना बेपत्ताको नाम सार्वजनिक गर्दै कुनै जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको छ ।

‘ती व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी/सूचना/प्रमाण भए यस आयोगको ठेगनामा उपलब्ध गराई दिनु भई आयोगको काममा सहयोग गरिदिनु हुन सर्वसाधारण/नागरिक–समाव/राजनीतिक दल/मानव अधिकारवादी संस्थाहरू/पेशागत संघ संस्थाहरू/सरकारी निकाय तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संघ सस्था समेतमा हार्दिक अनुरोध गरिन्छ’, आयोगले जारी गरेको सूचनामा भनिएको छ । उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि समावेश गरिएको छ । उनको नाम आशिंक बेपत्तामा आयोगले राखेको छ । आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेले प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धानमा गएका उजुुरीलाई सार्वजनिक गरिएको बताए ।

उनका अनुसार यसमा पूर्ण बेपत्ता र आशिंक बेपत्तालाई राखेर सार्वजनिक गरिएको जानकारी दिए । आयोगमा उजुरी परिसकेको र आधिकारिक रूपमा त्यसको खोजी नभएपछि नाम सार्वजनिक भएको स्रोतको भनाई छ । सूचना अधिकारी घिमिरेले पनि मन्त्री मगरको पनि आंशिक बेपत्ता भनेर उजुरी परेको हुनाले नाम समावेश गरिएको बताए । ‘केही समय बेपत्ता भएकोलाई आशिंक बेपत्ता भनेर स्वीकार गरिएको हो । मन्त्री मगर वा अरूकै बारेमा पनि अवस्था यस्तो हो भनेर प्रमाण आए आयोगलाई टुंग्याउन सजिलो हुन्छ’, उनले भने, ‘विस्तृत छानबिनअन्तर्गत उहाँको बयान लिने । पीडकहरू कोही खुल्छ भने उनीहरूको पनि बयान साउनदेखि लिने भनेर बयान कक्ष स्थापना गर्दै छौँ ।’

कञ्चनपुरको पुनर्वासमा जन्मिएकी मगर २०५१ सालमा जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गरेकी थिइन् । राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेका २०६० सालमा उनलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेको थियो । सोही क्रममा उनी बेपत्ता भएकी थिइन् । सबै अनुसन्धान सकिएपछि आशिंक बेपत्ता छ भने के गर्ने, पूर्ण बेपत्ता छ भने के गर्ने भनेर टुंगो लाग्ने आयोगले जानकारी दिएको छ । सशस्त्र द्वन्द्वको इपिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उजुरी परेको छ । रोल्पाबाट ९७ र रुकुमबाट ४५ जनाको मात्रै बेपत्ता पारिएको भन्दै उजुरी परेको छ ।

आयोगको सूची अनुसार सबैभन्दा धेरै बेपत्ताको उजुरी बर्दियाबाट परेको छ । बर्दियाका २ सय ५४ जनाको नाम बेपत्ता भएको सूचीमा छ । सूचीअनुसार दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बेपत्ताको सूचीमा छन् । आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भए आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर सूचना दिन सकिने बताएको छ । त्यस्ता सूचना तथा प्रमाण उपलब्ध गराउन भने कुनै समयसीमा तोकिएको छैन । सौर्य दैनिक




भर्खरै