२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा मास्कको अभाव हुन थालेपछि प्रहरीले नै मास्क उत्पादन गर्दै



अ+ अ-

सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरू अपनाइएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्सलगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभावसमेत सिर्जना हुन थालेको छ ।

यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले मास्क उत्पादन गर्न सुरु गरेको हो । सिरहा प्रहरी प्रमुख एसपी चतुर्वेदीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वसावधानी अपनाउनसमेत आग्रह गरेको छ । कोरोनाको सन्त्रास बढेको भन्दै एसपी चतुर्वेदीले मातहतका कर्मचारी, स्थानीयवासी र थुनुवालाई समेत माक्स वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालयसहित मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरीचौकीका करिब हजारभन्दा बढी थुनुवा, मातहतका कर्मचारी र करिब दुई सय स्थानीयहरूलाई माक्स वितरण गरिएको चतुर्वेदीले जानकारी दिए । ‘कोरोना रोग लाग्नबाट सचेत गर्दै माक्स कर्मचारी, स्थानीयवासी र थुनुवाहरूलाई माक्स वितरण गरिएको हो’, एसपी चतुर्वेदीले भने । सौर्य दैनिक