२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य संगठन भन्छ ‘संक्रमण भएका सबैको परीक्षण गर’



अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको अवस्थामा सबै मुलुकलाई संक्रमणको आशंका भएका सबैको स्वास्थ्य परीक्षणमा जोड दिन आह्वान गरेको छ। सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेन्डोर्स अधानोमले भने– ‘सबै देशहरुलाई हाम्रो सन्देश छ, परीक्षण, परीक्षण, परीक्षण। प्रत्येक शंकास्पद केशलाई परीक्षण गर्नुहोस्। यदि त्यो परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखियो भने त्यो व्यक्ति पछिल्लो दुई दिनमा को–कोसँग सम्पर्कमा पुगेका छन् त्यसको पनि खोजी गर्नुहोस्। यदि उनीहरुमा पनि लक्षण देखिएको छ भने परीक्षण गराउनुहोस्।’

विश्व स्वास्थ्य संगठनले नयाँ क्लिनिकल गाइडलाइन जारी गरेको छ, जसमा कसरी बालबालिका, बृद्धबृद्धा र गर्भवती महिला यो रोगबाट जोगाउन सकिन्छ भन्ने कुरा उल्लेख छ। विश्व स्वास्थ्य संगठनले ‘अहिले हामीले विकसित देशहरुमा यसको बढी महामारी भएको देखेका छौँ। उनीहरु महामारीविरुद्ध संघर्ष गरिरहेका छन्। तर यदि यो भाइरस कम आय भएका देशमा पुग्यो भने त्यसपछिको अवस्था के होला भन्ने बारेमा हामी अझ बढी चिन्तित छौँ। त्यसैले संक्रमण रोक्न हामी सबै एकजुट हौँ। प्रभावकारी रुपमा यसको रोकथाम तथा नियन्त्रणमा काम गरौँ’ भनेको छ।विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालय नयाँ दिल्लीले पनि सोमबारै सार्क मुलुकहरुलाई कोरोना भाइरसको बारेमा जानकारी गराउनुका साथै विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ।

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. पुनम छत्रपाल सिंहले दक्षीण पूर्वी एशिया सार्क सदस्य राष्ट्रहरुलाई सार्कका हाल सम्म ४८० जना संक्रमित भएका र ८ जनाको मृत्यू भैसकेको जानकारी गराउनुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। डा. पुनमले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘दक्षिण पूर्वी एसियाका ११ मुलुकमा हालसम्म ८ जनाको कोरोना भाइरस कोभिडका कारण मृत्यु भैसकेको छ र यो छिटोछिटो फैलने र मानिसको नियन्त्रणभन्दा बाहिर जाने रोग भएकाले सबै राष्ट्र एक भई सतर्कता अपनाउन आह्वान गर्दछु।’

अहिलेसम्म कोरोनाबाट संक्रमितहरुमा थाइल्यान्डमा १ सय ७७, इण्डोनेसिया १ सय ३४, भारत १ सय २५, श्रीलंका १९, माल्दिप्स १३, बंगलादेश ५, नेपाल र भुटानमा एकएक जना प्रभाणित छन्।यो भाईरसबाट जोगिनका लागि साबुन पानीले हात पटकपटक धुने, भीडभाडमा नजाने, लामो यात्रा भीडमा नगर्ने, स्वस्थ्य खाना र सरसफाईमा ध्यान दिने र कोरोनाको लक्षण देखिएमा तत्काल परीक्षण गराउनेलगायतका विषयमा डा. छत्रपालले अपिल गरेका छन् । नेपाल समाचारपत्र दैनिक




भर्खरै