२२ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताउनु भयो । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उहाँको भनाई छ ।

रामराज्य ल्याईदिउँ भन्ने चाहना भएपनि भन्नेबित्तिकै केही नहुने टिप्पणी गर्नुभयो । उहाँले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताउनु भयो । गणतन्त्रको विकल्प नभएको उल्लेख गर्नुहुँदै उहाँले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताउनु भयो । उहाँले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनःसंरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा बढो ख्याल गर्नुस् तपाईहरुले सबै दखेको मात्रै हुँदैन, कही अदृश्य शक्तिहरुले काम गरिरहेका हुन्छन् । त्योसँग तपाईले एकैचोटी शक्ति सन्तुलन मिलाएर लढ्न सक्नुभएन भने झोक उठ्दा त सबैलाई सिध्याईदिउँ क्यारे । अहिले नै रामराज्य ल्याईदिउँ क्यारे भनेजस्तो लाग्छ तपाईलाई । त्यो सपना त बोक्नुपर्छ । तर लडाईँ लड्दाखेरी तपाई हात्तिसँग कुस्ती खेल्नुप¥यो के गर्नुहुन्छ, कुस्ती खेल्न सक्नुहुन्छ तपाई हात्तीसंग लड्दाखेरी ? हात्तिसंग कुस्ती खेल्ने त होईन । हात्तिलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तब्यमा जानुपर्छ । त्यसो भएको हुनाले हामीले त्यो ढंगले चाँही ग¥यौँ । यो मुद्दा पनि संगसंगै सम्बोधन गर्नुपर्छ । अवको लोकतन्त्र, अबको गणतन्त्र, राजतन्त्र फ्याक्ने मात्रै होईन । गणतन्त्र त चाहियो, त्यो वंशानुगत जन्मजात नै कोही चाँही ठुलो हुन्छ, त्यो पनि छोरो नै राजा हुनुपर्ने, निश्चित जातीकै हुनुपर्ने भन्ने त सोझै अलोकतान्त्रिक हो नी त्यो त । त्यो विषय त मध्ययुगिन कुरा थियो, हामी कहाँ पछिसम्म टासिँयो । त्यो त चाहियो चाहियो । संगसंगै लोकतन्त्र पनि अप्रत्यक्ष भोट हाल्ने मात्रै लोकतन्त्र होईन । अथवा पुँजीवादी हाम्रा काँग्रेसहरुले भनेजस्तो लोकतन्त्र पनि पूर्ण हुँदैन । कम्युनिष्टले भन्ने वर्ग मात्रै भनेर अरु कुरा छाडेर वर्गको नाममा आजिवन सत्तामा बसेर वर्गको उत्थानीकरण त हुन्छ त उसको त । त्यसकारण जुन भ्रष्टिकरण भएको थियो, त्यो भन्दा माथी उठेको लोकतन्त्र समावेशी र सहभागीयुक्त लोकतन्त्र चाहिन्छ ।’ 

जेन–जी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताउनु भयो । माक्र्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भएपनि नेपालमा राजनितिक दलहरुको भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताउनु भयो ।

जेन–जी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथी प्रश्न उठाउनु भयो । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा प्रहरीले गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उहाँको भनाई छ । उहाँले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताउनु भयो । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भएपनि हाल मधेसी, मुसहर, दलित, जनजातीका अनुहार मात्रै पक्राउ परेको उल्लेख गर्नुभयो ।

राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरुसँग अन्तरसंवाद कार्यक्रममा गरेको थियो ।