१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज र भोलि भिटामिन ए तथा जुकाका औषधि खुवाइँदै



अ+ अ-

काठमाडौँ । भिटामिन ए खुवाआ, बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ बिहीवार र शुक्रवार (आज र भोलि) भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बिहीवार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताउनु भयो । उहाँले सो कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध गर्नुभयो ।

प्रमुख मिश्रले भन्नुभयो,‘जुन तोकिएको दिन छ । आफ बच्चाहरुलाई भिटामिन खुवाउन नछुटाउनु होला । भिटामिन सँगसँगै हामीले जुकाको औषधि पनि दिईरहेका हुन्छौँ । भिटामिन अरु बेलामा पाईदैन । त्यसैले नछुटाई खुवाउनु होला भनेर सबैलाई अनुरोध गर्दछौँ ।’

नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन् । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते मा गरेर सो कार्यक्रम सञ्चालन गरिने पनि नगर स्वास्थ्य केन्द्र प्रमुख मिश्रले बताउनु भयो । यस वर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते सो कार्यक्रम २० र २१ गतेका लागि गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ए खुवाउने र करिव ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।