२९ कार्तिक २०८२, शनिबार
,
Latest
विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । काठमाडौंको चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला सम्पन्न भएको छ ।

असोज २१ गते चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला शुरु भएको थियो । आदिनाथ मेला कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति (अर्धनारेश्वर आदिनाथ)को पूजा आराधना गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

आदिनाथलाई हिन्दु र बौद्ध अनुयायीले साझा रूपमा पूजा गर्ने गर्दछन् । लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गर्नुभएको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पती प्राप्त हुने बौद्ध धर्मावलम्वीहरुको विश्वास छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल