२९ कार्तिक २०८२, शनिबार
,
Latest
पेट्रोलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’ पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्समा कारले पैदल यात्रीलाई ठक्कर दिँदा कम्तीमा १० जना घाइते



अ+ अ-

फ्रान्स। फ्रान्सको एट्लान्टिक टापु ओलेरोनमा बुधबार एक ३५ वर्षीय व्यक्तिले आफ्नो कारले पैदल यात्री र साइकल चालकहरूलाई जानाजानी ठक्कर दिँदा कम्तीमा १० जना घाइते भएका छन् ।

“ओलेरोनका बासिन्दाले पश्चिमी शहर ला रोशेलको सुन्दर टापुको मुख्य सडकमा ‘जानाजानी’ धेरै पैदल यात्री र साइकल चालकलाई ठक्कर दिएका थिए,”अभियोजक अर्नाउड लारेजले भन्नुभयो।

प्रहरीले आक्रमणकारी कार चालकलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकेको छ। आक्रमणकारीले कार हमलासँगै अरबी भाषामा ‘भगवान सबैभन्दा महान हुनुहुन्छ’ भन्दै चिच्याएका लारेजले बताउनुभयो । उहाँले भन्नुभयो,“यस्ता अभिव्यक्ति प्रायः इस्लामवादी चरमपन्थीहरूले प्रयोग गर्छन्।”

“प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ र ‘हत्याको प्रयास’ को आरोपमा अनुसन्धान गरिरहेको छ, तर ती व्यक्तिको आक्रमणको उद्देश्य तत्काल स्पष्ट भएको छैन,” लारेजले भन्नुभयो ।

यस मुद्दालाई अनुसन्धान गरिरहेको एक स्रोतले भन्यो, “ती व्यक्तिले धेरै किलोमिटरसम्म पैदल र साइकल यात्रीलाई ‘जानाजानी’ ठक्कर दिएको देखिएको छ।”

अभियोजनकर्ताले भनेका छन्, “डोलुस डी ओलेरोन र सेन्ट–पियरे डी ओलेरोन शहरहरू जोड्ने सडकमा उक्त घटना भएको थियो।” डोलुस डी ओलेरोनका मेयरले आक्रमणकारी ‘संदिग्ध बासिन्दा’ भएको पुष्टि गर्नुभयो ।