१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्समा कारले पैदल यात्रीलाई ठक्कर दिँदा कम्तीमा १० जना घाइते



अ+ अ-

फ्रान्स। फ्रान्सको एट्लान्टिक टापु ओलेरोनमा बुधबार एक ३५ वर्षीय व्यक्तिले आफ्नो कारले पैदल यात्री र साइकल चालकहरूलाई जानाजानी ठक्कर दिँदा कम्तीमा १० जना घाइते भएका छन् ।

“ओलेरोनका बासिन्दाले पश्चिमी शहर ला रोशेलको सुन्दर टापुको मुख्य सडकमा ‘जानाजानी’ धेरै पैदल यात्री र साइकल चालकलाई ठक्कर दिएका थिए,”अभियोजक अर्नाउड लारेजले भन्नुभयो।

प्रहरीले आक्रमणकारी कार चालकलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकेको छ। आक्रमणकारीले कार हमलासँगै अरबी भाषामा ‘भगवान सबैभन्दा महान हुनुहुन्छ’ भन्दै चिच्याएका लारेजले बताउनुभयो । उहाँले भन्नुभयो,“यस्ता अभिव्यक्ति प्रायः इस्लामवादी चरमपन्थीहरूले प्रयोग गर्छन्।”

“प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ र ‘हत्याको प्रयास’ को आरोपमा अनुसन्धान गरिरहेको छ, तर ती व्यक्तिको आक्रमणको उद्देश्य तत्काल स्पष्ट भएको छैन,” लारेजले भन्नुभयो ।

यस मुद्दालाई अनुसन्धान गरिरहेको एक स्रोतले भन्यो, “ती व्यक्तिले धेरै किलोमिटरसम्म पैदल र साइकल यात्रीलाई ‘जानाजानी’ ठक्कर दिएको देखिएको छ।”

अभियोजनकर्ताले भनेका छन्, “डोलुस डी ओलेरोन र सेन्ट–पियरे डी ओलेरोन शहरहरू जोड्ने सडकमा उक्त घटना भएको थियो।” डोलुस डी ओलेरोनका मेयरले आक्रमणकारी ‘संदिग्ध बासिन्दा’ भएको पुष्टि गर्नुभयो ।