२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

जहाँ पूर्णिमाको जुनमा मकै सुकाइन्छ

जहाँ पूर्णिमाको जुनमा मकै सुकाइन्छ
अ अ+ अ-

काठमाडौं। बिस्कुन घाममा सुकाएको त सबैलाई थाहै छ । कतिपय हामीले पनि सुकाएकै हौँला । आकाशमा बादल नभएको र चर्का घाम लागेको दिन पारेर बिस्कुन सुकाउने गरिन्छ ।

तर पनि जुनमा बिस्कुन सुकाएको यहाँहरुमध्ये धेरैलाई थाहा नहुन सक्छ । रातिको समयमा पनि कसरी सुकाउनु र बिस्कुन ? अनि जुनको तातोले बिस्कुन के नै पो सुक्छ र ?

तर गोरखामा एउटा यस्तो परम्परा छ कि त्यहाँ रातिको समयमा बिस्कुन सुकाउने गरिन्छ । कात्तिक वैकुण्ठ चतुर्दशीको भोलिपल्ट पर्ने पूर्णिमाको दिन अर्थात् आज त्यहाँ रातिको पूर्णिमाको जुनमा मकै सुकाउने गरिन्छ ।

गोरखामा यसलाई मकै सुकाउने पर्व भनिन्छ । आज त्यहाँका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व धूमधामका साथ मनाएका छन् ।

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जुनको उज्यालोमा सामूहिकरुपमा मकै सुकाएर पर्व मनाएका हुन् ।

आज गोरखाको ठूलो आँगनमा प्लास्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएएको थियो । सो पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्न लगेका थिए । यो पर्व मनाइसकेपछि यसरी सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको स्थानीयको भनाई छ ।

आज जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वास रहेको छ । यो पर्व परम्परागत रूपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरुपमा मनाउन थालिएको छ । यहाँ यो पर्व दशकौँ पहिलेदेखि मनाउन थालिएको हो ।

फोटो- प्रकाश श्रेष्ठ