१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
अ अ+ अ-

ललितपुर। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटकपटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय एकताका लागि नागरिक पहलले आज ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उहाँले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताउनुभयो ।

“नेपालमा आन्दोलन धेरै भएका छन्, प्रायःजसो १० वर्षको आसपासमा विभिन्न कालखण्डमा केही न केही आन्दोलन गरिरहन्छौँ । आन्दोलन हुने, व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने भइराखेको छ, यस्तो सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ ।” उहाँले भन्नुभयो ।

जेनजी प्रतिनिधि मोनिका निरौलाले दलहरुभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक रुपान्तरण आवश्यक रहेको बताउँदै नागरिक बाँच्नका लागि विदेशिनुपर्ने अवस्थाले निराशा पैदा गरेको बताउनुभयो । रासस