१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री डा शर्माद्वारा महाशाखा प्रमुख हेरफेर



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी ।
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र इडिइसिडीको निर्देशक पदमा डा रोशन न्यौपानलाई सरुवा गरिएको छ ।

यसैगरी डा पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा हुनुभएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।




भर्खरै