२९ कार्तिक २०८२, शनिबार
,
Latest
विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी केबलकार शनिबारदेखि सञ्चालनमा आउने



अ+ अ-

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको चन्द्रागिरी हिल्सको केबलकार सेवा आगामी शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

गत असोज महिनामा जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले केबलकार स्टेशन र अन्य संरचनामा तोडफोड गरेपछि सेवा स्थगित गरिएको थियो ।

मर्मत तथा परीक्षणका सबै प्रक्रिया पूरा भएपछि कम्पनीले शनिबारदेखि नियमित रूपमा सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार, केबलकारका सबै लाइन, केबिन र सुरक्षा प्रणालीको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।

कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक प्राविधिक निरीक्षण र मर्मतपश्चात सेवा पुनः सुरु गर्न लागेको जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि राजधानी र आसपासका पर्यटकले फेरि चन्द्रागिरी हिल्स पुगेर हिमाल दर्शन, मनोरञ्जन र अवलोकनको आनन्द लिन सक्नेछन् ।

चन्द्रागिरी हिल्स देशकै प्रमुख पर्यटनस्थलमध्ये एक हो, जहाँ दैनिक हजारौँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् ।