१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेरी अन टप चलचित्रले कमायो १० करोड, अरुको कमाइ कति ?



अ+ अ-

काठमाडौँ । पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर जेरी अन टप नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ ।

३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्रि गरेर उक्त चलचित्रले करोडौं कमाउन सफल भएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ सम्मको बक्स अफिस रिपोर्टअनुसार अर्को बलिदान चलचित्रले ५ करोड १० लाख भन्दा बढी कमाएको छ । १ लाख ७१ हजार ६३ ओटा टिकट विक्री गरेर सो चलचित्रले ५ करोड भन्दा बढी कमाएको हो ।

अर्को चलचित्र हरिबहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार कमाएको छ । उक्त चलचित्रको १ लाख ४९ हजार २३७ वटा टिकट विक्रि भएको थियो । यस्तै, माइतिघरले १ लाख ४२ हजार ७१२ ओटा टिकट विक्री गरेर ४ करोड १५ लाख कमाएको छ अर्को चलचित्र वरिष्ठ बलरामको टिकट ८२ हजार ११७ ओटा विक्रि भएका छन् भने उक्त चलचित्रले २ करोड ४८ लाख कमाएको छ । अर्को मैझारो चलचित्रको टिकट ३३ हजार ९ सय ४२ विक्री भएका छन् भने उक्त चलचित्रले १ करोड भन्दा बढी कमाएको छ ।

प्रदर्शनमा आएको सोल्टिनीले खासै व्यापार गर्न सकेको देखिँदैन । उक्त चलचित्रको ८ हजार ८ सय ४ ओटा टिकट विक्री भएका छन् भने उक्त चलचित्रले समीक्षा अवधीमा २८ लाख ८० हजार मात्रै कमाएको रिपोर्टले देखाएको छ ।