२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रवेशमा ५५ देशका नागरिकलाई प्रतिबन्ध लगाईयो, कुन-कुन देश परे ?



अ+ अ-

काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड १९) देखिएकामध्ये ५५ देशबाट नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले २० मार्चदेखि १५ अप्रिल (७ चैतदेखि ७ वैशाख २०७७) सम्म कोरोना प्रभावित देशमध्ये ५५ वटा देशबाट नेपाल आउने नेपालीसहित विदेशीमाथि प्रतिबन्ध लगाएको हो । जसअनुसार युरोपका सबै मुलुक, पश्चिम एसियालगायत इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाइएको छ ।

यो निर्णयसँगै दक्षिण कोरिया, जापान, मलेसिया, यूएई, कतारलगायत मुलुकमा वैदेशिक रोजगारीका लागि गएका नेपालीसमेत तोकिएको समयसम्म स्वदेश फर्कन पाउनेछैनन् । उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा समितिको बैठक बसेको थियो । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले करिब ५५ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको बताए । ‘संक्रमणको उच्च जोखिम रहेका करिब ५५ मुलुकबाट नेपाल आउनेमाथि प्रतिबन्ध लगाइएको हो,’ मन्त्री भट्टराईले भने ।

बैठकले ट्राभल एडभाइजरी जारी गरेको अवधिमा हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता दिन र यात्रा मिति परिर्वतन गर्दा शुल्क नलिन वायु सेवा कम्पनीलाई आग्रह गरेको छ । यसअघि सरकारले १८ फागुनमा चीन, दक्षिण कोरिया, इरान, इटली र जापानका नागरिकलाई नेपाल आएपछि प्रदान गरिँदै आएको अन अराइभल भिसामा रोक लगाएको थियो । यस्तै, २९ फागुनमा सबै देशका विदेशी नागरिकलाई दिइँदै आएको अन अराइभल भिसा रोक्ने निर्णय भएको थियो भने नेपाल प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको थियो ।

भारतसँगका नाकाबाट आवतजावत रोकिँदै: विश्वभर फैलिएको कोरोना संक्रमण भित्रिन नदिन अनेक उपाय अपनाइरहेको सरकारले भारततर्फका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । कोभिड १९ संक्रमण विश्वभर फैलिँदै गएपछि चीनतर्फका नेपालसँग जोडिएका नाका बन्द भइसकेका छन् भने सरकारले भारतसँगका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । तर, भारतबाट हुने अत्यावश्यक सामग्रीको आयात भने रोकिनेछैन । स्रोतका अनुसार बिहीबारबाट भारतसँग जोडिएका नाकाबाट मानवीय आवतजावत रोक्ने सरकारको तयारी छ ।

सो विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राबीच छलफल भएको स्रोत बताउँछ । तर, भारततर्फको स्पष्ट जवाफ आइसकेको छैन । हाल भारतसँगका नाकाबाट नेपाली तथा भारतीय नागरिक निर्बाध रूपमा आवतजावत गर्दै आइरहेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या १ सय ३७ देखिएको छ भने हालसम्म तीन जनाको मृत्यु भइसकेको छ । राजधानी दैनिक




भर्खरै