• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

भोटखोलामा आगलागी हुँदा एक जनाको मृत्यु



सांकेतिक तस्बिर

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगलागी हुँदा  एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोटखोला–५ का स्थानीयवासी २३ वर्षीय पङ्खामान राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

प्रनाउ सुवेदीका अनुसार पङ्खामानसहित पाँच जनाको टोली काठ काट्न जङ्गल गएका थिए । उनका साथीहरु खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको सुवेदीले बताउनुभयो । 

उनका साथी धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई पङ्खामानलाई छोडेर चार जना खाद्यान्न लिनका लागि गाउँतर्फ गएका थिए । उनका साथी फर्किदा पङ्खामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको प्रनाउ सुवेदीले बताउनुभयो ।

 आगलागी भएर मृत्यु भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।