२१ मंसिर २०८२, आईतवार
,
Latest
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक जनाको मृत्यु



अ+ अ-

दमौली । यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।