२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनःस्थापना



अ+ अ-

काठमाडौँ । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको छ ।

काठमाडौ महानगरपालिका वडा नम्बर ८ को पहलमा पाशुपत क्षेत्रमा मन्दिर निर्माण गरी मूर्तिको पुनःस्थापना गरिएको हो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृतमा रहेको थियो । पञ्चाङ्ग निर्णायक समितिले दिएको समयअनुसार सोमवार बिहान बाजागाजासहित रथारोहण गरेर मूर्तिलाई प्रहरी वृतबाट मन्दिरमा लगिएको हो ।

काठमाडौं महानगर वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले हराएर भेट्टाएपछि प्रहरीले सुरक्षित रुपमा प्रहरी वृत गौशलामा मूर्तिलाई राखेको जानकारी दिनुभयो । उहाँले मन्दिर पुनर्निर्माण गरिसकेपछि सोमवार मूर्तिको पुनःस्थापना गरिएको बताउनु भयो । उहाँकाअनुसार मन्दिरको औपचारिक उद्घाटन भने कात्तिक २१ गते काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ । सर्वसाधारणको लागि पनि कात्तिक २१ पछि नै पूजाआजाको लागि मन्दिर खुला गरिने उहाँले जानकारी दिनुभयो । उहाँले व्रह्माको मूर्ति नेपालमा यही एउटा मात्रै भएको बताउनु भयो । उहाँले विष्णुको मूर्ति पनि रहेको र त्यसलाई पनि पुनर्निर्माणको लागि वडा कार्यलयले काम गरिरहेको जानकारी दिनुभयो । यद्यपि पुरातत्व विभागका कारण केही ढिला भएको उहाँको भनाई छ ।

छैटौँ शताब्दीमा निर्माण भएको व्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति हराएको थियो । उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । मूर्ति पुनःस्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता ढंगोल, वडाध्यक्ष सङ्गत, वडा सदस्यहरु, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानियको उपस्थिति रहेको थियो ।




भर्खरै