काठमाण्डौं । हेड्स नेपालद्वारा जेन्जी आन्दोलनको दौरानमा तीन गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई राहत-सहयोग प्रदान गरिएको छ।
कार्तिक १५ गते हरिबोधिनी एकादशिका दिन जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई नागार्जुन-१ स्थित उहाँकै आवासमा गएर आर्थिक राहत सहयोग स्वरूप नगद २० हजार प्रदान रुपैँया गरेको हो। कालिकोट जिल्ला, शुभकालिका-६, छाउडी निवासी २२ बर्षीय शाही गएको भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा नयाँबानेश्वरमा छातीमा तीन गोली लागेर गम्भीर घाईते हुनुभएको थियो ।
सिभिल अस्पतालको आईसियूमा राखेर २३ दिनसम्म उहाँको सघन उपचार भएको थियो । तीनवटा वटा गोलीमध्ये अझै एक गोली निकाल्न बाँकि रहेको उहाँले जानकारी गराउनु भयो । उहाँ पूर्ण रूपमा स्वास्थ्य हुन अझै ८/९ महिना बढी लाग्ने उहाँको भनाइ छ । उहाँको घरपरिवार आर्थिक रुपमा त्यति सक्षम हुनुहुन्न तथापि बुवा र विशेषत दिदी(भिनाजुले येनकेन धान्दै आउनुभएको छ । उहाँ हाल सी.ए. अध्यनरत हुनुहुन्छ।
‘दिलोज्यानले मानव समुदायको सेवा गरौं’ भन्ने उदात्त लक्ष्य लिएर हेड्स नेपाल विशेषत स्वास्थ्य, शिक्षा र कृषि लगायत प्राकृतिक प्रकोपका घटनाहरूमा विगत ३२ बर्षदेखि निरन्तर तनमनले यथासक्य सेवा पुर्याउँदै आई रहेको छ ।










