२० श्रावण २०८३, बुधबार
,
Latest
आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेड्स नेपालद्वारा जेन्जी आन्दोलनका घाईतेलाई राहत सहयोग



अ+ अ-

काठमाण्डौं । हेड्स नेपालद्वारा जेन्जी आन्दोलनको दौरानमा तीन गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई राहत-सहयोग प्रदान गरिएको छ।

कार्तिक १५ गते हरिबोधिनी एकादशिका दिन जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई नागार्जुन-१ स्थित उहाँकै आवासमा गएर आर्थिक राहत सहयोग स्वरूप नगद २० हजार प्रदान रुपैँया गरेको हो। कालिकोट जिल्ला, शुभकालिका-६, छाउडी निवासी २२ बर्षीय शाही गएको भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा नयाँबानेश्वरमा छातीमा तीन गोली लागेर गम्भीर घाईते हुनुभएको थियो ।

सिभिल अस्पतालको आईसियूमा राखेर २३ दिनसम्म उहाँको सघन उपचार भएको थियो । तीनवटा वटा गोलीमध्ये अझै एक गोली निकाल्न बाँकि रहेको उहाँले जानकारी गराउनु भयो । उहाँ पूर्ण रूपमा स्वास्थ्य हुन अझै ८/९ महिना बढी लाग्ने उहाँको भनाइ छ । उहाँको घरपरिवार आर्थिक रुपमा त्यति सक्षम हुनुहुन्न तथापि बुवा र विशेषत दिदी(भिनाजुले येनकेन धान्दै आउनुभएको छ । उहाँ हाल सी.ए. अध्यनरत हुनुहुन्छ।

‘दिलोज्यानले मानव समुदायको सेवा गरौं’ भन्ने उदात्त लक्ष्य लिएर हेड्स नेपाल विशेषत स्वास्थ्य, शिक्षा र कृषि लगायत प्राकृतिक प्रकोपका घटनाहरूमा विगत ३२ बर्षदेखि निरन्तर तनमनले यथासक्य सेवा पुर्याउँदै आई रहेको छ ।