काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा डोजर चलाएको छ ।
महानगरले थापाथली स्थित सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बनाएका घर, टहरामाथि डोजर लगाएको हो ।
थापाथलीको कालमोचन घाट तथा राम मन्दिर, विष्णणु लक्ष्मी मन्दिर जस्ता सम्पदा क्षेत्रको जग्गा हडपेर निर्माण गरिएका संरचनामा डोजर चलाईएको महानगर प्रहरीको भनाई छ । यसअघि महानगरले थापाथलीको गुठीको जग्गामा बनेको संरचनाहरू भत्काएको थियो ।

तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल










