१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले चीनलाई पठायो मेडिकल सामग्री सहितको सूची



अ+ अ-

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ ।

चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “स्वास्थ्य मन्त्रालयले नभई नहुने मेडिकल सामग्री चिजहरु छन् , तिनीहरुको लिस्ट परराष्ट मन्त्रालयलाई पठाएको छ , त्यही लिस्ट चीनलाई सञ्चार गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयले पठाएको लिस्ट अनुसार मास्कदेखि भाइरस पत्ता लगाउने मेसिन सम्मका सामग्री रहेका छन् । झण्डै डेढ महिना पहिले नेपालले चीनलाई एक लाख मास्क सहयोग गरेर छिमेकीको सौहार्दता प्रकट गरेको थियो ।

सोही अनुसार चीनले पनि आवश्यक परेको सहयोग गर्ने बचन अनुसार यसपटक सरकारको उच्चस्तरमा सोधेपछि चीनसँग सहयोग लिन थालिएको मन्त्रालयले जनाएको छ । करिब ४० हजार मास्क, भाइरल डिटेक्टिभ मेसिन र सिआरटी मेसिन ४० थान, तथा भेन्टिलेटर एकसय थान, मोनिटर दुइहजार थानको हाराहारीको सूची लिस्टमा रहेको जनाइएको छ ।

त्यस्तै मोबाइल एम्बुलेन्स, इन्फेक्सन नसर्ने मोबाइल, अक्सिजन प्लान्ट, थर्मो स्क्यानर लगायतका सामग्री पनि सूचीमा रहेको छ । यि सहित अन्य मेडिकल सामग्री पनि त्यो सूचीमा समावेश छ । चीनले आफ्नो अनुभवको आधारमा परेको खण्डमा चिकित्यकीय टोलीको सहयोग भिडियोमार्फत गर्न सक्ने जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।