१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेपालीले किन सम्झिन्छन् गाउँ ?



अ+ अ-

काठमाडौं । मानिस काम, अध्ययन र अवसरको खोजीमा सहर पस्ने गर्छन्। स्वभाविकरुपमा गाउँमा भन्दा सहरमा अवसरहरु हुन्छन्। कतिपयले सहर पसेपछि गाउँलाई चटक्क पनि विर्सिदिन्छन्। तर समय यस्तो पनि आउँछ वर्षौ गाउँ नपसेकाहरु एकाएक गाउँ पस्ने वातावरण बन्छ। जस्तो २०७२ को भूकम्प पछि सहर सुनसान जस्तै भयो। सहरमा अध्ययन वा कामको खोजीमा आएका मात्र होइन लामो समय यतै जमेकाहरु पनि आफ्नो गाउँ फर्किए।

अहिले नोवेल कोरोना (कोविड–१९) को त्रास विश्वभर छ। त्यस त्रासबाट नेपाल पनि अछुतो छैन। अहिले पनि बसपार्कमा पुग्ने हो भने घर फर्किनेहरुको भिड छ। सरकारले २५ जना भन्दा बढी भेला नहुन भने पनि नयाँ वसपार्क, कलंकी लगायतका स्थानमा जाने हो भने त्यहाँ सयौंको भिड टिकट काट्न बसिरको भेटिन्छ। आखिर मानिसले संकटमा किन गाउँलाई नै सम्झिन्छन् त ? मानवशास्त्री डम्बर चेम्जोङका अनुसार मानिसले आफूलाई विपद् सिर्जना हुने वित्तिकै सुरक्षित तथा एकान्तावास खोज्छ। त्यसैले मानिसहरु आफ्नो पुरानो घर वा गाउँ फर्कन हतार गर्दैछन्।

विश्वभर महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना (कोविड–१९) भाइरसको त्रास विश्वभर छ। नेपालमा हालसम्म एक जना संक्रमित देखिएपनि आम जनमानसमा यसको त्रास बढेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले पनि नेपाल उच्च जोखिममा रहेको जनाइसकेको छ।पछिल्लो समय सरकारले पनि सतर्कता अपनाउन महत्वपूर्ण निर्णयहरु गरेको छ। यो खबर नागरिक दैनिकमा छ ।