६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध



अ+ अ-

बागमती।  हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ।

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि सो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् ।

पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गा झर्ने क्रम नरोकिएकाले समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।