७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

दक्षिण कोरियामा बिहीबार ट्रम्प र सीबीच भेटवार्ता हुँदै

दक्षिण कोरियामा बिहीबार ट्रम्प र सीबीच भेटवार्ता हुँदै
अ+ अ-

ग्योङ्जु। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले शनिबार सी जिनपिङसँगको पहिलो भेटवार्ताको आयोजना गर्नुभएको छ ।

एक दशकभन्दा बढी समयपछि सी एपेक सम्मेलनको अवसरमा दक्षिण कोरियामा रहेका समय भ्रमणको अन्तिम दिन र क्यानडाका प्रधानमन्त्रीसँगको भेटको एक दिनपछि यो वार्ता भएको हो ।

शिखर सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दक्षिण कोरियाको भ्रमण गर्नुभएको तर चिनियाँ राष्ट्रपति सीसँग व्यापार सम्झौता गर्ने सहमतिपछि बिहीबार तुरुन्तै स्वदेश फर्किनुभएको थियो । दुई नेता विश्व बजारलाई अस्तव्यस्त बनाएको र विश्वव्यापी आपूर्ति श्रृंखलालाई अवरुद्ध गरेको व्यापार विवाद समाधान गर्न सहमत भएका थिए।

सम्मेलनमा उपस्थित भई राष्ट्रपति ट्रम्प स्वदेश फर्केपछि चिनियाँ नेता सी एशिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा प्रमुख आकर्षण बन्नुभएको थियो । उहाँले बेइजिङलाई अन्तर्राष्ट्रिय व्यवस्थामा संयुक्त राज्य अमेरिकाले फैलाएको अराजकताको बिरूद्ध एक जिम्मेवार शक्तिको रूपमा चित्रण गर्नुभएको छ।

लीले परम्परागत पोशाक लगाएका सैनिकहरूले भव्य उद्घाटन समारोहमा सीलाई स्वागत गर्नुभएको थियो । सन् २०१४ पछि चिनियाँ राष्ट्रपतिको यो पहिलो दक्षिण कोरिया भ्रमण हो । उहाँले व्यापारदेखि सांस्कृतिक विवादसम्म सबै कुरामा वर्षौँको तनावपूर्ण सम्बन्धपछि यो हुन लागेको हो।

दक्षिण कोरियाली नेता लीले भेटका अवसरमा चिनियाँ समकक्षी सीसँग भन्नुभयो, “म व्यक्तिगत रूपमा भेट्न लामो समयदेखि उत्सुक थिएँ र उहाँको यात्रा सम्बन्धमा पुनः स्थापनाको रूपमा भएको छ।”

दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदारको प्रतिनिधित्व गर्ने चीनबारे लीले भन्नुभयो, “जब हाम्रा दुई देशहरू आर्थिक सहयोगको ठाडो संरचनाबाट अधिक तेर्सो र पारस्परिक लाभप्रद संरचनामा अघि बढिरहेका छन्, हामीले साझा समृद्धि प्रदान गर्ने सम्बन्ध निर्माण गर्न सहकार्य गर्नुपर्छ।”

उक्त अवसरमा सीले चीन र दक्षिण कोरियालाई ‘सार्न नसकिने महत्वपूर्ण छिमेकी र अलग गर्न नसकिने साझेदार’ को संज्ञा दिनुभयो। लीले प्राविधिक रूपमा युद्धमा रहेको उत्तर कोरियासँग बिग्रिएको सम्बन्ध पुनः जगाउन दक्षिण कोरियाको प्रयासमा चीनको साझेदारी महत्वपूर्ण हुने बताउनुभयो ।

बेइजिङमा एक प्रमुख सैन्य परेडमा उत्तर कोरियाली नेता किम जोङ उनको हालैको उपस्थितिको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, “यस क्षेत्रमा ‘स्थिरता’ को आवश्यकता रहेको र निकट छिमेकीबीचमा सम्बन्धमा सुधार गर्नु आवश्यक छ।”

लीले भन्नुभयो, “एपेक सम्मेलनका अवसरमा भएका बैठकहरूले प्योङयाङसँग नयाँ सम्बन्ध स्थापनाको अवस्था सिर्जना गर्न मद्दत गरिरहेका छन्।”

उहाँले चिनियाँ नेता सीसँग भन्नुभयो, “मलाई आशा छ, दक्षिण कोरिया र चीनले रणनीतिक सञ्चारलाई बलियो बनाउनेछन्, साथै, उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न मिलेर काम गर्नुपर्छ।”

ली र सीको भेटवार्ताअघि प्योङयाङले सियोलको आणविक निःशस्त्रीकरणको आशालाई ‘पाइपड्रिम’ को संज्ञा दिएको थियो।अमेरिकी राष्ट्रपतिको अनुपस्थितिमा चिनियाँ नेताले एपेकलाई बेइजिङको चिसो सम्बन्ध भएका देशहरूमा पुग्न प्रयोग गर्नुभएको छ।

सीले शुक्रबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेटवार्ता गर्नुभएको थियो। यो सन् २०१७ पछि दुई देशका नेताहरूबीच पहिलो औपचारिक वार्ता हो ।

राष्ट्रपति सीले लिबरल नेतालाई आफू सम्बन्धलाई ‘सही बाटोमा’ मा फर्काउन सँगै काम गर्न कटिबद्ध रहेको बताउनुभएको थियो र कार्नीलाई चीन भ्रमणको निम्तो दिनुभएको थियो।

कार्नीले शनिबार भेटवार्तालाई ओटावा र बेइजिङबीचको सम्बन्धमा सुधारको विन्दुको रूपमा वर्णन गर्नुभयो । चीनसँग क्यानडाको सम्बन्ध कुनै पनि पश्चिमा राष्ट्रभन्दा तनावपूर्ण छ ।

दुबै मुलुक अमेरिकी ट्रम्प प्रशासनको प्रतिशोधात्मक भन्सार शुल्क वृद्धिको तारो बनेका छन् र साझा आधार फेला पार्न सक्ने सम्भावना रहेको छ। यद्यपि, सी र अमेरिकी नेताले बिहीबार तनाव कम गर्न सम्झौता गरेका छन् ।

गत अक्टोबरमा जापानी प्रधानमन्त्री नियुक्त भएयता पहिलो पटक सीले शुक्रबार जापानी प्रधानमन्त्री साने ताकाइचीसँग पनि बैठक गर्नुभएको थियो ।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीलाई लामो समयदेखि चीन र दक्षिण कोरियालाई हेर्ने नीतिका कारण राष्ट्रवादी नेताका रूपमा हेरिन्थ्यो । उहाँलाई चीन विरोधी नेताका रूपमा हेरिन्थ्यो भने उहाँ जापान र दक्षिण कोरियाको युद्धमा ज्यान गुमाएकाहरूको सम्मान गर्ने ऐतिहासिक यासुकुनी पवित्रस्थलको नियमित भ्रमण गर्दै आउनुभएको थियो ।

उहाँले सीसँगको भेटवार्तामा भन्नुभयो, “म चीन र जापानबीच ‘रणनीतिक र पारस्परिक लाभदायी सम्बन्ध’ को पक्षमा रहनेछु।”(रासस/एएफपी)