५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध



अ+ अ-

भोजपुर। निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।

सडक अवरुद्ध हुँदा सुत्केरी, गर्भवती, आकस्मिक बिरामी र विपद्मा परेकालाई आवतजावत गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । यातायात ठप्प भएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी र बजार आपूर्तिसमेत प्रभावित बनेको छ ।

जिल्ला सदरमुकाम भोजपुरबाट उत्तरी क्षेत्रतर्फका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने भोजपुर–दिङ्ला खण्ड वर्षाले हिलाम्य भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ ।

त्यस्तै, दक्षिणी क्षेत्रका हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकातर्फका सडक अवरुद्ध हुँदा सहज यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, अरुण, पौवादुङमा र टेम्केमैयुङ गाउँपालिका तथा भोजपुर नगरपालिकाको केन्द्रका रूपमा रहेको मध्यपहाडी लोकमार्ग कालोपत्र भएकाले केही सहजता भएको स्थानीयले बताएका छन् ।

निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने र सडक भाँसिने जोखिम रहेकाले सचेत रहन जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । रासस




भर्खरै