२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसिया सरकारको नयाँ नियम संविधान विपरित छ, हामी मान्दैनौँः अध्यक्ष गुरुङ



अ+ अ-

काठमाडौँ । मलेसियाली सरकारले नेपालसहितका पाँच राष्ट्रकालाई लागू गर्न खोजेको नयाँ नीति नेपालको संविधान विपरित रहेको वैदेशिक रोजगार व्यवसायीहरुले अथ्र्याएका छन् ।

हालै मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको छ । ती मापदण्ड पूरा गरेका कम्पनीले पठाएका कामदार मात्रै लिने गरी मापदण्ड तय गरेपछि उनीहरुले संविधान विपरितको नीतिलाई अस्वीकार गर्ने बताएका हुन् ।

मलेसियाली सरकारको नयाँ नीतिपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा छलफल भएको र संविधान विपरितका यस्ता कार्यलाई आफूहरुले अस्वीकार्य गर्ने नीति लिएको संघका अध्यक्ष भुवनसिंह गुरुङले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले १५ राष्ट्रबाट मलेसियाले कामदार लिँदै आएकोमा ५ राष्ट्रलाई मात्रै नयाँ नियम लागू गराउन खोज्नु रहस्यमय भएको समेत बताउनु भयो । विचौलियाको चलखेलमा व्यवसायीहरुलाई आतंकित पार्नेगरी मलेसियाली सरकारले ल्याएको नियम खारेज गर्न नेपाल सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

मलेसियाको मानव संसाधन मन्त्रालयले नेपाल सरकारलाई पत्र पठाउँदै १५ नोभेम्बर २०२५ भित्र म्यानपावर कम्पनीहरूको विवरण पठाउन अनुरोध गरेको छ । त्यसरी तोकिएका मापदण्डमा इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, विगत तीन वर्षमा ३ हजार श्रमिक पठाएको रेकर्ड हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको अनुभव हुनुपर्ने, कम्तीमा १० हजार वर्गफिट स्थायी कार्यालय रहेको र तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने छ ।

त्यस्तै नैतिक पेसागत प्रमाणपत्र तथा वैध इजाजतपत्र र कानुनी सञ्चालनको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने, अन्तर्राष्ट्रिय रोजगारदाताबाट पाँच लिखित प्रशंसापत्र (टेस्टिमोनियल) हासिल गरेको हुनुपर्ने, स्वप्रशिक्षण तथा मूल्यांकन केन्द्र चलाउने र आवास सुविधा सहितको व्यवस्था हुनुपर्ने मापदण्ड तोकेको छ । अध्यक्ष गुरुङले समान व्यवसाय गर्न पाउने हकहित नेपालको संविधानले सुनिश्चिता गरेको बताउँदै नेपालको संविधान विपरितका कार्यहरु आफूहरुले नमान्ने प्रष्ट पार्नुभयो । उहाँकाअनुसारमलेसियाली सरकारको नीतिले नेपाली वैदेशिक रोजगार व्यवसायीको समान तवरले व्यवसाय गर्ने अधिकार कुण्ठित गरेको छ ।

मलेसियाली सरकारले ल्याएको नियमबारे न्युज एजेन्सी नेपालले अध्यक्ष गुरुङसँग गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो मलेसिया सरकारको जुन निर्णय आयो यसले वैदेशिक रोजगारमा कस्तो खालको प्रभाव पार्दैछ, यसलाई कसरी लिनुभाएको छ ?
जवाफः कुनैपनि देशले आफ्नो देशको संविधान ऐन कानूनअन्तर्गत जानुपर्छ । मलेसियन सरकारल १० वटा क्राइटएरिया तोकेको छ । जुन प्रावधानहरु राखेको छ, त्यो प्रावधान पुगेकोलाई हाम्रो देशमा पठाउने वातावरण बनाउनु भन्ने खालको जुन चिठी देखिए छ, त्यो सरासर नेपालको संविधान विपरित र व्यवसायको हित विपरित छ । कामदारको हित विपरित पनि देखिन्छ । किनभने अन्तर्राष्ट्रिय श्रमबजारमा जाने श्रमिकलाई मोनोपोली गर्दा आर्थिक भार पर्छ । जसले गर्दा यो जहाँ सम्म लाग्छ, मलेसियन सरकारले जे सुकै भने पनि मलेसियाले तोकेको १० बुँदा नेपालको सन्दर्भमा लागू हुने सम्भावनै छैन र लागू गर्ने सम्भावना पनि देखिँदैन ।

खासमा त्यो १० बुँदा असहमति के हो ?
जवाफः हामीलाई त वास्तवमा नेपाल सरकारले हो । नेपाल सरकारको सबै कानूनी प्रावधान पूरा गरेर, कागजपत्र पेश गरेर नै हामीले इजाजत पत्र पाएको हो । त्यसैले मलेसियनको हामीले कानून मान्नुपर्छ भन्ने छैन् । हामीलाई अहिले मलेसियन सरकारले पठाएको चिठीसँगै असहमति हो  । किनभने हामीले इजाजतपत्र नेपाल सरकारबाट लिएको २५ वर्ष भयो । अब २६ वर्षपछि मलेसिया सरकारले यो गर भनेर भन्दा हामीले मान्नुपर्ने ? मलेसिया सरकारको नियम मान्दा भोलीको दिनमा हामीलाई पर्ने अप्ठ्यारोमा नेपाल सरकारले त्यसको जिम्मा  लिन्छ त ?  मलेशियाले पालना गर्नु भनेको नियममध्ये एउटा– १० हजार स्क्वायर फिटमा कार्यालय संचालन गर्नु भएको छ । त्यो  भनेको चाहीँ रंगशाला जत्रो हुन्छ, त्यत्रो सम्भावना छ त यहाँ ।  त्यसले गर्दा ति कुराहरु चाहिँ यो अनवश्यक जस्तो लाग्छ र यो नेपालको संविधान विपरित पनि हो । यो प्रजातिन्त्रक मुलुक भएको हुनाले यसमा सबैले समान अधिकार हुन्छ र समान व्यवसाय गर्न पाउने हकतिरको सुनिश्चिता भएको हुनाले मलेसियाली सरकारको नियम नेपालमा लागु गर्न सम्भावनै छैन र जुन पत्र बाहिर आएको छ, हामीलाई त्यसको आशयमै असहमती हो ।

नेपालसहित बंगलादेश पाकिस्तान लगायतका देशहरुलाई समेत त्यो पत्र पुगेको देखियो,  अब त्यो यदि लागू भयो भने कस्तोसम्म असर पार्ला ?
वास्तवमा एशिया राष्ट्रहरुमा १४ राष्ट्रलाई मलेसियामा श्रम रिसोर्स कन्ट्रीका रुपमा घोषणा गरेको छ ।  १४ राष्ट्र मध्ये मलेशीयाले पाँच राष्ट्रलाई पत्र पठाएको छ । किन पाच राष्ट्रलाई मात्रै तार्गेट गरियो भन्ने रहस्यमय छ ।   अहिले हामीले पाच राष्ट्र बिचको एसोसिएसनको लिडर भनेर पनि बनाएका छौं । पाँच ओटै देशले स्वीकारेको स्थीति छैन । म वैदेशिक रोजगार व्यवसायी संघमामा निर्वाचित भएर आएदखि पाँचओटै राष्ट्रका व्यवसायीहरुसँग सम्बन्धमा छु । बंगलादेशहरु सहितका राष्ट्रहरु सिन्डिकेटको बारेमा बोल्नुपर्छ भने एक भएर जान तयार छन् । मलेसियाले १४ राष्ट्रमध्ये ५ राष्ट्रलाई मात्रै नयाँ नियम लगाउन खोज्नु सान्दर्भिक पनि छैन ।  दोस्रो कुरा मलेसियासँग हामी के चाहन्छौँ, हाम्रो सम्बन्ध अहिले आएर भएको होइन १९६० सालदेखि जुन दुई देशको सम्बन्ध शुरुवात भएको छ । सन् २००१ सालमा  मलेसियाले मानव स्रोतको रुपमा नेपाललाई घोषित गरेको हो । आज २४ वर्ष भएको छ । मलेसियन सरकारलाई के आग्रह गर्न चाहन्छु भने दुई देश बीचको सम्बन्धलाई सुमधुर गर्दै यस्ता खालका अनावश्यक गतिविधि गर्ने जुन जति पनि राज्यलाई प्रलोभन पार्ने खालको जुन षड्यन्त्रकारी जुन विचौलीयाहरु छ तिनलाई कारबाही गर्नुपर्छ । विचौलियालाई कारबाही ग¥यो भने मलेस सरकारले अन्तर्राष्ट्रिय रुपमा मलेसिया सरकारले राम्रो ग¥यो भन्ने सन्देश पनि जान्छ । तर नयाँ नियम जुन जसरी आइरहेको छ,  यसले व्यवसायलाई असर पर्छ । नेपालको संविधान अनुरुप नएकाले कुनैपनि हालतमा किमार्थ वैदेशिक रोजगार संघले यो स्वीकार्दैन् । तथ्य हेर्दा  २०७४ सालमा पनि मलेसिया स्थगित भएको थियो र अहिले पनि मलेशियाले सुरक्षा, कृषि र सर्भिस तीन वटा क्षेत्र खोलेको छ । गत वर्षको चाहिँ तथ्यांक हेर्दा जम्मा ९ हजार मात्रै गएको देखिन्छ ।

यदि कुनै व्यवसायीको एउटा गासबास र कुनै कामदारलाई आर्थिक भार थप्ने निर्णय त्यो खालको प्रश्ताव वैदेशिक रोजगार संघलाई स्वीकार्य हुँदैन । त्यसले गर्दा जहाँ सम्म लाग्छ नेपाल सरकारले साच्चिकै मलेसियाली सरकारको निर्णय नेपालको  संविधान विपरित छ भनेर पत्रको जवाफ पठाउनुपर्छ । सरकारले यर्सै गर्छ भन्नेमा हामीलाई पनि विश्वास छ र व्यवसायी र कामदारको हितमा नेपाल सरकारले निर्णय गर्नुपर्छ ।