११ असार २०८३, बिहीबार
,
Latest
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन्’



अ+ अ-

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहलाई यथावत सम्मान गर्दै उनको निधन भएको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने काम सुचारु होस भनी सरकारको ध्यानाकर्षण गराउन तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला कहाँ म सहित सर्वश्री मोदनाथ ‘प्रश्रित’, डा. रमेश ढुङ्गेल, प्रा.डा. सुरेन्द्र के.सी, भरत बस्नेत, धर्मराज बराल, खगेन्द्र सिटौला, सोमप्रसाद पाण्डे, पेशल निरौला नुवोकोट ‘पृथ्वीस्मारक संरक्षण समितिका अध्यक्ष गोविन्द चित्रकार र नागरिक समाजका अन्य अगुवाहरूले तत्कालीन प्रधानमन्त्री शुशील कोइरालालाई भेटेर सम्बन्धित विषयमा ज्ञापनपत्र दिएको कुरा यहाँ स्मरण गर्न चाहन्छु ।

यस विषयमा  मेरै जिल्ला नुवाकोटमा २०४८ सालको पृथ्वीजयन्ति मनाउन सम्पूण पार्टी खासगरी वामपन्थी दलहरुको विरोधको बावजुद पनि मेरो आफ्नै उपस्थितिमा मनाएको हो र निरन्तरता दिँदै आएको छ।

विश्वका अन्य मुलुकहरूमा राष्ट्र एकीकरणका नायकहरूको गौरवमय इतिहास छ। ईसापूर्व तेस्रो शताब्दीतिर चीनका सम्राट ‘छिन शिह ह्वाङ्-ती’ ‘छिन्वंश’ का पहिलो सम्राट थिए, जसले छरिएर रहेका ७ मुख्य राज्यहरूलाई युद्धद्वारा एकीकरण गरेको, चीनको विशाल पर्खाल निर्माणको सुरुआत, नाप-तौल र सिक्काको मापन निर्धारण र लिखित भाषाको प्रारम्भ गरेको इतिहास छ। उनैको नामबाट आधुनिक चीनको नामकरण भयो। तर माओले छिन शिह ह्वाङ्तीको रीसले चीनको नाम परिवर्तन गरेनन्, बरु बेलाबखतमा उनको योगदानको कदर गरेकै इतिहास छ।

पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन् ।

सोह्रौं शताब्दी (१५३०) तिर मस्कोका ‘महाराजकुमार’ ‘इभान द टेरिबल’का पालामा नै साइबेरिया, कजान, अस्त्राकान आदि ठूल्ठूला भूभाग रुसी साम्राज्यमा समेटियो। इभानले नै रसियालाई मध्ययुगीन राज्यबाट बहुजातीय र विभिन्नतापूर्ण सिंगो साम्राज्यमा परिणत गराए। दोस्रो विश्वयुद्धमा जर्मनीले रुस ९सोभियत संघ० माथि हमला गर्न थाल्दा कम्युनिस्ट तानाशाह स्तालिनले समेत राष्ट्रनिर्माता यी जारको अभूतपूर्व प्रशंसा गर्दै ‘जारहरूले एकीकरण गरी खडा भएको रुसी राष्ट्र जोगाउन सम्पूर्ण रसियालीहरू उठ्नुपर्ने’ अभिव्यक्ति दिए, यस्तै आसयका सडक नाटक पनि गराए।

जर्मनीका राजनेता ओटो फन बिस्मार्कले सन् १८६० देखि १८९० को अवधिमा जर्मनीलाई पहिलो कल्याणकारी राज्यको रूपमा सिर्जना गरे। जर्मनहरू बिस्मार्कलाई राष्ट्र रचनाको साथै जर्मनीको आधारशीला तयार गर्ने १९ औं शताब्दीका विश्वप्रतिष्ठित राजनेता मान्दछन्। इटालीका जनरल तथा राजनीतिज्ञ जिउसेप्पी ग्यारिवाल्दी (सन् १८०७-१८८२) लाई, क्यामिलो काबुर, भिक्टर इम्मानुएल द्वितीय, जिसेप्पी मेज्जिनीसँगै ‘पितृभूमिका जनक’ मानिन्छ।

विश्व इतिहासको यस्तो परिदृश्य ले राष्ट्र निर्माता हरुको सम्मान लाई स्पष्ट परेको छ। नेपालको राष्ट्रिय एकीकरणको साथै नेपालको नाम,पहिचान र अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको  इतिहासलाई नै विलुप्त पार्ने, घृणा र बदनामी फैलाउने, एकता दिवसलाई अवमूल्यन गर्ने काम दुःखद छ।

आजको अन्तराष्ट्रिय परिवेश, हाम्रा भूभागतिर मडारिएका शितयुद्ध र भूराजनीतिक जटिलता र विश्व शक्तिहरुको द्वन्दकेन्द्रको रुपमा विकसित नेपालमा अझ राष्ट्रिय एकता दिवश भव्यतासाथ देशभरी मनाउनु अत्यन्त आवश्यक छ । तसर्थ राष्ट्र निर्माता को सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा भव्यतासाथ मनाउन र सार्वजनिक बिदा को लागि सरकारसँग हार्दिक आग्रह गर्दछु ।