३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जलवायु उत्थानशीलतामा सर्वसाधरणको चासो (फोटो फिचर)

जलवायु उत्थानशीलतामा सर्वसाधरणको चासो (फोटो फिचर)
अ+ अ-

काठमाडौँ । जलवायुजन्य विपद्बाट पुग्ने क्षति न्युनिकरणका लागि किसानले जलवायु उत्थानशील शैली अपनाउन थालेका छन् । बेमौसमको वर्षा तथा बाढीका कारण कृषि प्रणाली र सञ्चित अन्नमा नोक्शानी पुग्न थालेपछि किसान जलवायु उत्थानशील कार्यमा जुट्न थालेका हुन् ।

वर्षेनी बाढी तथा डुबानबाट कृषि प्रणाली र सञ्चित अन्नमा क्षति भोग्न बाध्य भएका कर्णाली नदी तटिय क्षेत्रका बासिन्दा अहिले उच्च भकारीमार्फत अन्न जोगाउन लागेका छन् ।

उनीहरु व्यक्तिगत रुपमा उच्च भकारीमा जुट्नुको साथै सामुदायिक अन्न भण्डारण कार्यमा पनि सरिक हुन थालेका छन् ।

उच्च भकारी 

आफ्नो घरमा बनाएको उच्च भकारीमा सेलिना थारु ।

बर्दियाको राजापुर नगरपालिका वडा नं.३ स्थित स्थानीयको घरमा बनाईएको उच्च भकारी ।

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ३९ घरमा उच्च भकारी निर्माण गरिएको छ । त्यसैगरी कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५, ७ र ८ मा पनि उच्च भकारी निर्माण गरिएको छ । स्थानीय सरकार र प्राक्टिकल एक्शनको सहकार्यमा परम्परागत रुपमा अभ्यासमा रहेको उच्च भकारीलाई बाढी सुचित गर्न उचित उचाईबारे अध्ययन गरी जलवायु उत्थानशील कार्यक्रममार्फत उच्च भकारी निर्माण गरिएको हो । उच्च भकारी निर्माण भएपछि स्थानीयले वर्षभरी खानाका लागि राखिएको अन्न, लत्ताकपडा, महत्वपूर्ण कागजात सुरक्षित भएको महशुस गर्न थालेका छन् ।

पहिले अन्नबाली जोगाउन मुस्किल हुन्थ्यो, वडा नम्बर ३ कि सेलिना थारु भन्नुहुन्छ “अहिले अन्नबाली, कागजात र समान सुरक्षितसँग राख्न सजिलो भएको छ ।” उच्च भकारीहरु घर भित्रै छानो नजिक पारेर ४ फिट उचाई, ४ फिट लम्बाई र ४ फिट चौडाईमा बनाउने गरिन्छ ।

उच्च नर्सरी 

आफुले बनाएको उच्च नर्सरीमा राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ बर्षिया दुर्पाती थारु

आफुले बनाएको उच्च नर्सरीमा राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ बर्षिया दुर्पाती थारु

मनसुनी वर्षामा खेतीका लागि राखिएको व्याड डुबान हुँदा तरकारीका बेर्ना नष्ट हुने समस्या समाधानका लागि अहिले उच्च नर्सरीको अभ्यास गरिएको छ । भूबनावटअनुसार सामान्यतया जमिनबाट ३ देखि ४ फिट अग्लो बनाएर बाढीले नभेट्ने गरी ब्याड तयार गरी तरकारी र फलफूलका बीउ राख्ने गरिन्छ । राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ वर्षीया  दुर्पाती थारुले ५ वर्षदेखि उच्च नर्सरी खेती गर्दै आउनुभएको छ ।

उच्च नर्सरीमा बेर्ना छर्दा बाढीबाट जोगिनुका साथै किराले काट्ने जोखिम पनि कम हुने गरेको उहाँको अनुभव छ । उच्च नर्सरीमा कुखुरा लगायत घरपालुवा पशुपंक्षीले बीउ खाइदिने र कुल्चिने जोखिम पनि हुँदैन । हिजो आज कर्णाली नदीको तटिय क्षेत्रमा बसोवास गर्ने नागरिकहरु समयमै हिउँदे तरकारी लगाउनका लागि उच्च नर्सरी बनाएर बीउ छर्ने गर्छन् । अहिले उच्च नर्सरी किसानको बीचमा लोकप्रिय बनेको छ ।

सामुदायिक उच्च अन्न भण्डारण

राजापुर नगरपालिका वडा नं.१ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च अन्न भण्डारण

अन्न भण्डारका लागि सामुदायिक उच्च अन्न भण्डारणको अभ्यास पनि अत्यन्तै प्रभावकारी देखिएको छ । राजापुर नगरपालिकाको सहयोगमा राजापुर नगरपालिकाको वडा नम्बर १ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च भकारीमा स्थानीयहरुले अन्न लगायत बीउ बिजन तथा सांस्कृति सामग्रीहरु पनि राख्ने गर्दछन् । यसबाट १ सय १५ घरधुरी लाभान्वित भएका छन् ।

३ वर्ष अगाडी निर्माण गरिएको अन्न भण्डारण भवन ६  फिट अग्लो छ । त्यसैले बाढीले क्षति पु¥याउँदैन । यो भवन ३५ फिट लामो छ भने चौडाई २० फिट रहेको छ । यो सामुदायिक अन्नभण्डारण भवनमा २ सय ५० क्विन्टल सम्म अन्न भण्डारण गर्न सकिने प्राक्टिकल एक्शनका बरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर बमले जानकारी दिनुभयो । समुदायमा अन्न भण्डारणमा प्रयोग गरिने डहेरी अर्थात भकारी ( जुन माटो र गहुँको भुसबाट बनेको हुन्छ ) बाढीले भिज्ने र अन्न बिग्रने हुन्छ । बाँसका भकारीमा पनि पानी छिर्ने भएकाले अन्न बिग्रने जोखिम रहन्छ । अहिले सामुदायिक अन्न भण्डारण भवन बनेपछि अन्न भण्डारणमा समुदायलाई सहज भएको छ । बीउ जोगाउन पनि सजिलो भएको छ । बाढीका बेला अन्नबाली, महत्वपूर्ण कागजात तथा सरसमान राख्न स्थानीयहरु उच्च अन्न भण्डार भवन पुग्ने गरेका छन् । मुर्गहवा बिपद् व्यवस्थापन समितिका अध्यक्ष वन्धुप्रसाद थारुकाअनुसार मोबाइलमा बाढीको पूर्वसूचना आउने बित्तिकै स्थानीयहरु सामान राख्न सामुदायिक उच्च भकारी पुग्ने गर्दछन् ।

राजापुर नगरपालिका वडा नं.१ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च अन्न भण्डारण

यो सामुदायिक भवनमा बाढी आएको बेला जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, गर्भवती, बालबालिकालाई समेत राख्ने गरिएको छ । यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ कर्मि डाडामा पनि सामुदायिक अन्नभण्डारण भवन बनाइएको छ । जसबाट ६५ घरधुरी लाभान्वित भएका छन् ।

तस्बिरः शम्भु थारु/न्युज एजेन्सी नेपाल