२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

जलवायु उत्थानशीलतामा सर्वसाधरणको चासो (फोटो फिचर)

जलवायु उत्थानशीलतामा सर्वसाधरणको चासो (फोटो फिचर)
अ अ+ अ-

काठमाडौँ । जलवायुजन्य विपद्बाट पुग्ने क्षति न्युनिकरणका लागि किसानले जलवायु उत्थानशील शैली अपनाउन थालेका छन् । बेमौसमको वर्षा तथा बाढीका कारण कृषि प्रणाली र सञ्चित अन्नमा नोक्शानी पुग्न थालेपछि किसान जलवायु उत्थानशील कार्यमा जुट्न थालेका हुन् ।

वर्षेनी बाढी तथा डुबानबाट कृषि प्रणाली र सञ्चित अन्नमा क्षति भोग्न बाध्य भएका कर्णाली नदी तटिय क्षेत्रका बासिन्दा अहिले उच्च भकारीमार्फत अन्न जोगाउन लागेका छन् ।

उनीहरु व्यक्तिगत रुपमा उच्च भकारीमा जुट्नुको साथै सामुदायिक अन्न भण्डारण कार्यमा पनि सरिक हुन थालेका छन् ।

उच्च भकारी 

आफ्नो घरमा बनाएको उच्च भकारीमा सेलिना थारु ।

बर्दियाको राजापुर नगरपालिका वडा नं.३ स्थित स्थानीयको घरमा बनाईएको उच्च भकारी ।

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ३९ घरमा उच्च भकारी निर्माण गरिएको छ । त्यसैगरी कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५, ७ र ८ मा पनि उच्च भकारी निर्माण गरिएको छ । स्थानीय सरकार र प्राक्टिकल एक्शनको सहकार्यमा परम्परागत रुपमा अभ्यासमा रहेको उच्च भकारीलाई बाढी सुचित गर्न उचित उचाईबारे अध्ययन गरी जलवायु उत्थानशील कार्यक्रममार्फत उच्च भकारी निर्माण गरिएको हो । उच्च भकारी निर्माण भएपछि स्थानीयले वर्षभरी खानाका लागि राखिएको अन्न, लत्ताकपडा, महत्वपूर्ण कागजात सुरक्षित भएको महशुस गर्न थालेका छन् ।

पहिले अन्नबाली जोगाउन मुस्किल हुन्थ्यो, वडा नम्बर ३ कि सेलिना थारु भन्नुहुन्छ “अहिले अन्नबाली, कागजात र समान सुरक्षितसँग राख्न सजिलो भएको छ ।” उच्च भकारीहरु घर भित्रै छानो नजिक पारेर ४ फिट उचाई, ४ फिट लम्बाई र ४ फिट चौडाईमा बनाउने गरिन्छ ।

उच्च नर्सरी 

आफुले बनाएको उच्च नर्सरीमा राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ बर्षिया दुर्पाती थारु

आफुले बनाएको उच्च नर्सरीमा राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ बर्षिया दुर्पाती थारु

मनसुनी वर्षामा खेतीका लागि राखिएको व्याड डुबान हुँदा तरकारीका बेर्ना नष्ट हुने समस्या समाधानका लागि अहिले उच्च नर्सरीको अभ्यास गरिएको छ । भूबनावटअनुसार सामान्यतया जमिनबाट ३ देखि ४ फिट अग्लो बनाएर बाढीले नभेट्ने गरी ब्याड तयार गरी तरकारी र फलफूलका बीउ राख्ने गरिन्छ । राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ वर्षीया  दुर्पाती थारुले ५ वर्षदेखि उच्च नर्सरी खेती गर्दै आउनुभएको छ ।

उच्च नर्सरीमा बेर्ना छर्दा बाढीबाट जोगिनुका साथै किराले काट्ने जोखिम पनि कम हुने गरेको उहाँको अनुभव छ । उच्च नर्सरीमा कुखुरा लगायत घरपालुवा पशुपंक्षीले बीउ खाइदिने र कुल्चिने जोखिम पनि हुँदैन । हिजो आज कर्णाली नदीको तटिय क्षेत्रमा बसोवास गर्ने नागरिकहरु समयमै हिउँदे तरकारी लगाउनका लागि उच्च नर्सरी बनाएर बीउ छर्ने गर्छन् । अहिले उच्च नर्सरी किसानको बीचमा लोकप्रिय बनेको छ ।

सामुदायिक उच्च अन्न भण्डारण

राजापुर नगरपालिका वडा नं.१ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च अन्न भण्डारण

अन्न भण्डारका लागि सामुदायिक उच्च अन्न भण्डारणको अभ्यास पनि अत्यन्तै प्रभावकारी देखिएको छ । राजापुर नगरपालिकाको सहयोगमा राजापुर नगरपालिकाको वडा नम्बर १ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च भकारीमा स्थानीयहरुले अन्न लगायत बीउ बिजन तथा सांस्कृति सामग्रीहरु पनि राख्ने गर्दछन् । यसबाट १ सय १५ घरधुरी लाभान्वित भएका छन् ।

३ वर्ष अगाडी निर्माण गरिएको अन्न भण्डारण भवन ६  फिट अग्लो छ । त्यसैले बाढीले क्षति पु¥याउँदैन । यो भवन ३५ फिट लामो छ भने चौडाई २० फिट रहेको छ । यो सामुदायिक अन्नभण्डारण भवनमा २ सय ५० क्विन्टल सम्म अन्न भण्डारण गर्न सकिने प्राक्टिकल एक्शनका बरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर बमले जानकारी दिनुभयो । समुदायमा अन्न भण्डारणमा प्रयोग गरिने डहेरी अर्थात भकारी ( जुन माटो र गहुँको भुसबाट बनेको हुन्छ ) बाढीले भिज्ने र अन्न बिग्रने हुन्छ । बाँसका भकारीमा पनि पानी छिर्ने भएकाले अन्न बिग्रने जोखिम रहन्छ । अहिले सामुदायिक अन्न भण्डारण भवन बनेपछि अन्न भण्डारणमा समुदायलाई सहज भएको छ । बीउ जोगाउन पनि सजिलो भएको छ । बाढीका बेला अन्नबाली, महत्वपूर्ण कागजात तथा सरसमान राख्न स्थानीयहरु उच्च अन्न भण्डार भवन पुग्ने गरेका छन् । मुर्गहवा बिपद् व्यवस्थापन समितिका अध्यक्ष वन्धुप्रसाद थारुकाअनुसार मोबाइलमा बाढीको पूर्वसूचना आउने बित्तिकै स्थानीयहरु सामान राख्न सामुदायिक उच्च भकारी पुग्ने गर्दछन् ।

राजापुर नगरपालिका वडा नं.१ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च अन्न भण्डारण

यो सामुदायिक भवनमा बाढी आएको बेला जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, गर्भवती, बालबालिकालाई समेत राख्ने गरिएको छ । यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ कर्मि डाडामा पनि सामुदायिक अन्नभण्डारण भवन बनाइएको छ । जसबाट ६५ घरधुरी लाभान्वित भएका छन् ।

तस्बिरः शम्भु थारु/न्युज एजेन्सी नेपाल