१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र कोरियाबीच व्यापार सम्झौता सम्पन्नः ट्रम्प



अ+ अ-

सियोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच व्यापार सम्झौताका लागि प्रायः सबै बिषयमा अन्तिम सहमति भएको राष्ट्रपति ट्रम्पले बुधबार जानकारी गराउनुभएको छ।

यो वर्षको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकको आयोजक रहेको दक्षिणपूर्वी शहर ग्योङजुमा लीसँगको शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “ वार्ता पूर्णरूपमा सफल भएको मान्नुपर्छ । हामी एक सम्झौताको तयारी अवस्थामा पुगेका छौँ।” दुई देशका राष्ट्रपतिद्वय ट्रम्प र लीबचिको शिखर सम्मेलनलाई नजिकबाट हेरिएको थियो किनकि दुबै मुलुकका वार्ता सहयोगीहरूले जुलाईमा तयार पारेको व्यापार सम्झौताको खाकाको विवरणमा मतभेदहरू समाधान गर्न संघर्ष गरिरहेका थिए ।

सम्झौता अनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । लीसँगै डिनर टेबलमा बसेका ट्रम्पले आफूहरुबीच ‘बृहत्’ भेटवार्ता भएको बताउनुभयो तर उहाँले के के कुरामा सम्झौता भएको हो भन्नेबारे उक्त अवसरमा जानकारी गराउनुभएन ।

“धेरै कुरामा निर्णयमा पुगिएको छ हामीले धेरै प्रतिषा गरिएको व्यापार सम्झौतालाई अन्तिम रूप दियौँ । राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही अन्य केही बिषयमा पनि छलफल गरेका छौँ । मलाई लाग्छ, हामी धेरै महत्त्वपूर्ण बिषयुहरूमा निष्कर्षमा पुग्यौँं।

ट्रम्पले कोरियाली प्रायःद्वीपमा सुरक्षा तनाव समाधान गर्ने आफ्नो प्रतिबद्धता पनि दोहो¥याउनुभयो । उत्तर कोरिया “जसरी प्रस्तुत हुनुपर्छ त्यसो हुन नसकेको’ उहाँले बताउनुभयो ।

उत्तर कोरियाली नेता किम जोङ उनलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म किमलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ सबै कुरा राम्रोसँग अघि बढ्नेछ ।”(रासस/योन्हाप)