८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

निर्यातमा फड्को मार्दै नेपाल

निर्यातमा फड्को मार्दै नेपाल
अ+ अ-

काठमाडौं।  पछिल्लो समय निर्यातले फड्को मार्दै गएको छ । चालु आर्थिक वर्ष (आ.व.) २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म नेपालको निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले बढी छ ।

भन्सार विभागको तथ्यांकअनुसार निर्यातमा सशर्ष स्थानमा सोयाविन तेल रहेको छ । असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ । कार्पेट दोस्रो स्थानमा छ । जुन २ अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । तेस्रो स्थानमा सुर्यमूखी तेल रहेको छ । जुन २ अर्ब १३ करोड बराबरको भएको छ ।

निर्यात जन्यवस्तुहरु अलैंचीदेखि पश्मीना, गलौँचा, तयारी पोसाक, छुर्पीसम्मका वस्तुहरुको निर्यात बढेको छ । विभागकाअनुसार चालु आ.व. २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो । गत आ.व. २०८१–८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७ सय ८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो ।  निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिन पुगेको छ । यसरी निर्यात बढ्नु सकारात्मक रहेको र राज्यले निर्यात गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने हो भने अझै बढ्न सक्ने उद्योगी, व्यवसायी बताउछन् ।

नेपाल तयारी पोशाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल सरकारले निर्यातमा दिएको सुविधा बढाउने र अमेरिकी सरकारले जारी गरेको भन्सार दर लागू हुने हो भने निर्यात बढाउन कठिन नरहेको बताउनु भयो । उहाँकाअनुसार अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ । यो भनेको न्युनतम हो । त्यसभित्र पर्न सफल हुनु भनेको अन्त्यन्तै सह्रानीय र स्वागतयोग्य छ । अहिले लाग्दै आएको ट्यारिफमा १० प्रतिशत लगाइए पनि निकासी पहिलेभन्दा महँगो भएपनि अरू देशको तुलनामा यो धेरै कम हो । यो दर लागू हुने हो भने पनि नेपालले निर्यातमा फड्को मार्नसक्ने उहाँले बताउनुभयो ।

यारी पोशाक उद्योग संघ अध्यक्ष पाण्डेले भन्नुभयो–‘यसपालीको निर्यातको तथ्यांक हेर्ने हो भने १ः६ मा आइपुगेको छ । यसलाई अझै घटाएर हामीले व्यापारघाटा कम गर्न सकिन्छ । निर्यात गर्नेहरुलाई दिने सुविधामा राज्यले पनि हेरिदिने, अमेरिकाको ट्यारिफ साच्चिकै लागू हुने हो भने ३–५ वर्षमा व्यापारघाट शुन्यमा ल्याउन सक्नेछौं । तयारी पोशाक, गलौँचा, पश्मिना, छुर्पी, दुग्घजन्य वस्तु, हर्बल, हस्तकला, हातेकागजजस्ता समानहरुले व्यापारघाटा कम गराएर नेपालको विकासमा ठूलो टेवा पुर्याउछ ।’ 

उहाँकाअनुसार निर्यात बढ्दा ठूलो मात्रमा देशमा रोजगारी पनि सिर्जना हुन्छ । अर्थतन्त्र पनि सबल बनाउँछ । सबै उद्यमशीलतामा लाग्नेभएकाले यो क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्छ ।  अर्थविद् चन्द्रमणी अधिकारी स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो नभएको बताउनु हुन्छ । उहाँकाअनुसार भारतको एउटा निर्णयले यसको निकासी ठप्प हुनसक्ने भएकोले अन्य वस्तुहरुको निकासी बढाउन नेपालले जोड दिनुपर्ने उहाँको भनाइ रहेको छ ।

‘निकासी बढ्नु राम्रो हो तर स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो होइन,’ उहाँले भन्नुभयो, ‘अन्य वस्तुहरुको निकासी बढाउन जोड दिनुपर्छ ।,’ यद्यपी नेपालले पछिल्लो पटक निकासीमा पाएको सफलता सकारात्मक रहेको उहाँको बुझाइ छ । अधिकारीकाअनुसार निकासी गर्नेहरुलाई राज्यले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने उहाँको बुझाइ रहेको छ ।