२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले गर्‍यो वृहत राजनीतिक संवाद गर्नेलगायतका ४ बुँदे निर्णय



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वृहत राजनीतिक संवाद गर्नेलगायतका चार बुँदे निर्णय गरेको छ ।

रास्वपाको पार्टी सचिवालयको कात्तिक ९ र ११ गते बसेको बैठकले जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि परिवर्तित राजनीतिक परिवेशमा मुलुकको दीर्घकालीन रुपान्तरणका लागि यही कात्तिक १४ गते वृहत राजनीतिक संवाद गर्ने निर्णय गरेको हो ।

यस्तै मतदाता नामावली दर्ता सहजीकरण अभियान चलाउने, पाटीका गतिविधि नियमित सञ्चालन गर्ने र निर्वाचनको तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

रास्वपाले गरेका निर्णय के के हुन् त ?

पार्टी सचिवालयको २०८२ कार्तिक ९ र ११ गतेको बैठकका निर्णयहरु

१. “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने:

जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरुको दीगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि यहि कार्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने ।

२. मतदाता नामावली दर्ता सहजीकरण अभियान संचालन गर्ने:

पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यहि कार्तिक ११ देखि २५ गते सम्म संचालन गर्ने । पार्टी सचिवालय सदस्य श्री गणेश पराजुलीले पार्टीको केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसंगको समन्वयमा अभियानको संयोजन गर्ने ।

३. पार्टीको गतिविधि नियमित संचालन गर्ने:

विशेषत: पार्टीको वडा, पालिका अधिवेशन सुचारु गर्ने, पार्टीको जिल्ला तह एवं प्रवासमा समेत प्रशिक्षण संचालन गर्ने साथै पार्टीको हरेक तहले आफ्नो तह/भुगोलमा विभिन्न अभियानहरु संचालन गर्न निर्देशन गर्ने निर्णय गरियो ।

४. निर्वाचन तयारी:

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रीत तयारीहरुको क्रममा समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्नका लागि आवश्यक दस्ताबेजहरुबारे छलफल गरियो । २०८२ कार्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्ने निर्णय गरियो ।




भर्खरै