७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तिब्र बनाउन बनाउनुभएको  ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ ।

२०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पु¥याएको यो सम्पदाको पुनस्र्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ । नुवाकोट दरबारलाई साततले दरबार पनि भनिन्छ । काठमाडौंबाट करिव ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो दरबार वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरका कालिगढहरूलाई लगाएर निर्माण गर्नुभएको थियो ।

मल्ल शैलीको वास्तुकलामा बनेको यो दरबार नौतले संरचना थियो । जसलाई नब्बे सालको भूकम्पले सात तले बनाइदियो । भूकम्पपछि दरबारको मुख्य भवनका साथै रङ्गमहल, गरढघर, तलेजु भवानी मन्दिर, सेतोपाटी, लाम्पाटी र विष्णु मन्दिर जस्ता संरचनाहरू ध्वस्त भएका थिए । पर्यटकहरूलाई प्रवेशमा प्रतिवन्ध लगाइएको थियो । स्थानीयहरूले वर्षौंसम्म यसको संरक्षणको माग गर्दै आएका थिए । चीन सरकारको सहयोगमा नुवाकोट दरबार संरक्षण कार्यालयले पहिलो चरणमा दरबारको मुख्य द्वारबाट नै काम शुरु गरेको छ । अहिले काम धमाधम भएपनि सम्पन्न भइसकेको छैन ।

चिनियाँ प्राविधिक टोलीले स्काफोल्डिङ राखेर निर्माण सामग्री भण्डारणका लागि दुईवटा झुपडी बनाएका छन् । दरबारको मौलिकता कायम राख्दै गरढघर र रङ्गमहलको पुनर्निर्माण प्राथमिकतामा छ । यसपछि तलेजु मन्दिर, सेतोपाटी र विष्णु मन्दिरहरूको पालना हुनेछ । पुनर्निर्माण सम्पन्न भएपछि यो क्षेत्रलाई पर्यटकीय हब बनाउन सकिन्छ ।

नुवाकोट दरबार नेपालको एकीकरण इतिहासको जीवन्त साक्षी हो । यसको पुनस्र्थापनाले सांस्कृतिक धरोहर मात्र होइन पर्यटन अर्थतन्त्रलाई पनि बलियो बनाउनेछ । स्थानीय, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा यो कार्य छिट्टै सम्पन्न होस् भन्ने अपेक्षा सबैको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल