२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (फोटो फिचर)

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (फोटो फिचर)
अ अ+ अ-

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तिब्र बनाउन बनाउनुभएको  ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ ।

२०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पु¥याएको यो सम्पदाको पुनस्र्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ । नुवाकोट दरबारलाई साततले दरबार पनि भनिन्छ । काठमाडौंबाट करिव ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो दरबार वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरका कालिगढहरूलाई लगाएर निर्माण गर्नुभएको थियो ।

मल्ल शैलीको वास्तुकलामा बनेको यो दरबार नौतले संरचना थियो । जसलाई नब्बे सालको भूकम्पले सात तले बनाइदियो । भूकम्पपछि दरबारको मुख्य भवनका साथै रङ्गमहल, गरढघर, तलेजु भवानी मन्दिर, सेतोपाटी, लाम्पाटी र विष्णु मन्दिर जस्ता संरचनाहरू ध्वस्त भएका थिए । पर्यटकहरूलाई प्रवेशमा प्रतिवन्ध लगाइएको थियो । स्थानीयहरूले वर्षौंसम्म यसको संरक्षणको माग गर्दै आएका थिए । चीन सरकारको सहयोगमा नुवाकोट दरबार संरक्षण कार्यालयले पहिलो चरणमा दरबारको मुख्य द्वारबाट नै काम शुरु गरेको छ । अहिले काम धमाधम भएपनि सम्पन्न भइसकेको छैन ।

चिनियाँ प्राविधिक टोलीले स्काफोल्डिङ राखेर निर्माण सामग्री भण्डारणका लागि दुईवटा झुपडी बनाएका छन् । दरबारको मौलिकता कायम राख्दै गरढघर र रङ्गमहलको पुनर्निर्माण प्राथमिकतामा छ । यसपछि तलेजु मन्दिर, सेतोपाटी र विष्णु मन्दिरहरूको पालना हुनेछ । पुनर्निर्माण सम्पन्न भएपछि यो क्षेत्रलाई पर्यटकीय हब बनाउन सकिन्छ ।

नुवाकोट दरबार नेपालको एकीकरण इतिहासको जीवन्त साक्षी हो । यसको पुनस्र्थापनाले सांस्कृतिक धरोहर मात्र होइन पर्यटन अर्थतन्त्रलाई पनि बलियो बनाउनेछ । स्थानीय, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा यो कार्य छिट्टै सम्पन्न होस् भन्ने अपेक्षा सबैको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल