१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल श्रीलङ्कासँग पराजित



अ+ अ-

काठमाडौँ।  सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलङ्कासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ ।

पाँच खेलबाट चार अङ्क जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो  । आज नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ । रासस