६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल श्रीलङ्कासँग पराजित



अ+ अ-

काठमाडौँ।  सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलङ्कासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ ।

पाँच खेलबाट चार अङ्क जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो  । आज नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ । रासस