१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चल छठमय धुनमा झुम्दै



अ+ अ-

धनुषा ।

‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय
मारबौ रे सुगबा धनुषसँ सुगा गिरे मुरूझाय
सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय’

यति खेर यस्तै लोकगीत सङ्गीतले जनकपुरधामसहित सारा मिथिलाञ्चल छठमय बनेको छ । अहिले गाउँ, सहर, बजार चोक चौराहा सबैतिर छठ गीतको धुनले सारा माहौल छठमय धुनमा झुमेको छ । जताततै छठको बाहेक अरू केही कुरा सुनिँदैन अहिले ।

‘काँचहि बाँसके टोकरिया हो दीनानाथ
टोकरी लचकत जाय
बाटमे पुछए जे बटोहिया
टोकरी केकर जाय
आन्हर होयबे रे बटोहिया
अरघक टोकरी छठि मायके जाय ।’

छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दीनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ ।

यसको अभिप्राय हो– दीनानाथ अर्थात् सूर्यदेव, छठीमाय अर्थात् षष्ठीका देवी दुवैको छठ पर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एकअर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ ।

आस्थाको महापर्व छठ पर्वको आज तेस्रो र मुख्य दिन बर्तालुले अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिँदै छन् । छठको दोस्रो दिन खरना सम्पन्न भएसँगै सोमबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिई पूजाआजा गर्ने परम्परा छ ।

सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ । सारा सृष्टि र मानवजगत्लाई उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ । छठ पर्व विशेषगरी कृषकको पर्वका रूपमा रहेको छ । यस पर्वमा सूर्यको प्रकाश र जलको महत्वलाई विशेष रूपमा जोडेको देखिन्छ ।

सूर्य र जलकै कारणले मानव जीवनमा उज्यालो आएको र मानवले यही सूर्य र जलकै कारणले फलफूल, तरकारीदेखि अन्नबाली उब्जनीमा महत्वपूर्ण भूमिका रहेकाले पनि समानता, भेदभावरहित, छुवाछूतरहित सबै एकापसमा मिलेर सूर्यको आराधनासँगै छठी मैयाको पूजाअर्चना गर्ने परम्परा रहेको साहित्यकार तथा संस्कृतविद् राजेन्द्र विमलले बताउनुभयो । उहाँले छठ पर्व प्रकृतिको पूजनका रूपमा रहेको बताउनुभयो ।