११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

आलेखः छठ पर्वसँगै डोम समुदायमा खुसियाली

आलेखः छठ पर्वसँगै डोम समुदायमा खुसियाली
अ अ+ अ-

महोत्तरी। वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का इन्दल डोम आज आफ्नै घरअगाडि मुसुमुसु हाँस्दै बाँस र बेतका भाँडाकुँडा बेच्न व्यस्त हुनुहुन्छ ।

उहाँले डालो, नाङ्गलो र टालु टपरी बेचेर आएको आम्दानीले यसअघि लिएको ऋणहरु चुक्ता गरी एक÷दुई महिनाको घरखर्चको जोहो गर्न सकिने बताउनुहुन्छ । उहाँसहित उहाँका छोरा, नाति र घरका अन्य महिलाहरु पनि प्रसन्न मुद्रामा हातहातमा बाँस र बेतको भाँडाकँुडा बेच्दै गरेको देख्न सकिन्छ ।

गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षैभरि गाउँगाउँमा सुँगुर डो¥याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीका महान् पर्व छठ व्रतमा बाँस र बेतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी तुल्याएको छ ।

गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमहरुले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरी जिल्लाका मनरासिस्वा नगरपालिकाका ६० वर्षीय हरिदेव डोमले बताउनुभयो ।

डालो बुन्दै गरेकी जिल्लाको गौशाला नगरपालिकाकी ७० वर्षीया घुरनी डोमिनले गहभरि आँसु लिएर भन्नुभयो, “कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गलो र टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छाँै ।” तर वर्षभरि उनीहरुको काम नचल्न हुनाले फेरि केही दिनपछि दुःख थपिने चिन्ताले भने उहाँलाई सताएको छ ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सातवटा बाँसका भाँडाकुँडाहरु किन्नुपर्दछ । छठ पर्वको आगमनसँगै डोमका घर आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै सम्सी गाउँपालिकाका ६५ वर्षीय बेचना डोमले आफूहरु सोही कारण एक महिनादेखि दिनरात व्रतालुहरुको निम्ति बाँसका भाँडाहरु बनाउने गरेको सुनाउनुभयो ।

त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका बिरजु डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्गलो बेचेर प्रतिव्यक्ति रु ५०÷६० देखि रु ७०÷८० हजार र प्रत्येक परिवारले रु दुई÷तीन लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो ।

एक महिनादेखि जिल्लाको प्रत्येक पालिकाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको थियो भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिएका थिए भने आज सबै बेचेर मनग्यै आम्दानी गर्न सफल भएका छन् ।

पछिल्लो केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडाजस्ता पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडाहरु निर्यात हुने हुँदा डोम समुदायले कात्तिकको महिनाभरि काम र दाम दुवै पाएर निकै खुसी देखिएका छन् ।

डोमको आँगन र पिँढीमा बाँस र बेतबाट बनेको भाँडाकुँडा खरिद गर्नका लागि पुग्न थालेको बताउँदै औरही नगरपालिकाका महेश डोमले आफू परिवारसहित राति अबेरसम्म काम गरेर बाँसका र बेतका भाँडाकुँडा बनाउने गरेको बताउनुभयो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व डोम जातिका लागि प्रत्येक वर्ष खुसी र उत्साह ल्याउनाका साथै आर्थिक आम्दानी गर्ने प्रमुख चाड बनेर आउने गरेको पिपरा गाउँपालिकाका सुरेश डोमले बताउनुभयो ।

अत्यन्त कठिन रहेको यस पर्व चार दिनसम्म मनाइने गरिन्छ । यस पर्वको पहिलो दिन व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । दोस्रो दिन खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

तेस्रो र षष्ठीका दिन यस पर्वको मुख्य दिन हुने गर्दछ । यस दिनका साँझ व्रतालुहरु गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटानीपिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केराजस्ता प्रसादहरु बाँस र बेतबाट निर्मित नाङ्लो, ढकिया, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्दछन्  ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर सबै अघ्य सामग्री (प्रसाद) पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्य अर्पण गर्दछन् । त्यसको भोलिपल्ट अर्थात् पारणका दिन एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गर्दछन् ।

यस वर्ष गत शनिबार नहाँ खा विधि गर्दै चारदिने छठ पर्व सुरु भएको थियो भने दोस्रो दिन आइतबार खरना पर्व मनाएका थिए भने आज सोमबार मुख्य छठ पर्व अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाउने छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व सम्पन्न हुनेछ ।

यसरी छठ व्रत सुरु हुनुदेखि अन्त्य हुनुसम्म छठ व्रत मनाउने प्रत्येक परिवारले पूजा सामग्री तथा पूजा प्रसाद प्रयोग गर्न डोमले बनाएकै बाँसका भाँडाकँुडा प्रयोग गर्नुपर्ने हुन्छन् । डोम समुदायले मिथिलावासीका यस पर्वका लागि एक÷डेढ महिना पहिलेदेखि नै प्रयाप्त बाँसको व्यवस्थापन गर्नुपर्ने, जनशक्ति लगाउनुपर्ने, भाँडाकुँडा तयार गर्नुपर्ने र तयार भाँडाकुँडालाई बिक्री वितरणका लागि घरदेखि बजारसम्म विभिन्न व्यवस्था मिलाउन भ्याइनभ्याइ हुने गरेको सोनमा गाउँपालिकाका रामजी डोमले बताउनुभयो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । यस पर्वमा सूर्य देवतालाई चढाइने प्रत्येक वस्तु (प्रसाद) बाँस र बेतकै भाँडाकुँडामा राख्नुपर्ने प्रचलन रहेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्व पोखरी, नदी, तलाउ र अन्य जलाशयमा मनाउने गरिन्छ ।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि सम्पूर्ण मिथिला क्षेत्रमा छठ मनाउने परम्पराको थालनी भएको हो ।

त्यस्तै सूर्य पुराणका अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

यस पर्वमा सूर्यदेवतालाई ७० प्रकारको प्रसाद चढाउने मान्यता रहे पनि व्रतालुहरु आ–आफ्ना गच्छेअनुसार कसैले २०÷२५ कसैले ३०÷३५ र कोहीकोहीले ५० तथा सो भन्दा माथि पनि पु¥याउने गर्दछन् । तर सबै पूजा सामग्रीका  लागि बाँस र बेतका भाँडाकुँडा प्रयोग गर्नुपर्ने भएको हुनाले यस पर्वमा डोम समुदायको महत्वपूर्ण भूमिका रहने गरेको व्रतालुहरु बताउँछन् ।

महोत्तरी जिल्लामा मात्रै १० नगरपालिका र पाँँच गाउँपालिकासहित १५ वटा पालिका रहेकामा प्रत्येक गाउँठाउँका डोम समुदायलाई प्रत्येक वर्ष छठ पर्वको आगमनसँगै बाँस र बेतका भाँडाकँुडा बनाउन भ्याइनभ्याई भएको हुन्छ भने आर्थिक उपार्जन गर्ने ठूलो अवसर हुन्छ । वर्षभरि गरिबी र विपन्नताको ऋण, कर्जाको जालोमा जेलिएका उनीहरु छठ पर्वका बेला सबै ऋण, कर्जाबाट मुक्ति पाउने र मीठो मसिनो खान पाउने सौभाग्य प्राप्त गर्ने गरेको मटिहानी नगरपालिकाकी मरनी डोमिन बताउनुहुन्छ ।

यसैबीच डोम समुदायका युवाहरुले आफूले छठ पर्वको बेला बाँस र बेंतबाट उत्पादन गरेको डालो, नाङ्लो, ढकिया, कोनियाजस्ता भाँडाकुँडाको व्यापार छठपर्वको बेला मात्रै चल्ने भएकोप्रति चिन्तित हुँदै यसको वर्षभरि नै बजारीकरणको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारसँग समेत माग गरेका छन् ।

छठपर्वको बेला महोत्तरीको विभिन्न १५ वटै पालिकामा उत्पादन गरिएको बाँस र बेतका भाँडाकुँडा छठको बेला नेपालको राजधानी काठमाडौँसहित पोखरा, हेटौडा, चितवन, बुटबल, धरानजस्ता पहाडी क्षेत्रका साथै भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनासम्म पुग्ने गर्दछ ।रासस