२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छः मुख्यमन्त्री आचार्य



अ+ अ-

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सन्धिखर्क–५ वाङ्गलामा आज आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रोतसाधनको सीमितताबीच पनि विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

“हामी चाहन्छौँ, जनताको आवश्यकता र समस्या छिटो समाधान होस् । तर साधन–स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “यद्यपि, थालनी भएका योजनाहरूलाई पूरा गर्ने लक्ष्यसहित सरकार निरन्तर लागिपरेको छ ।”

मुख्यमन्त्री आचार्यका अनुसार सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको छ । उहाँले कुँडुले खानेपानी आयोजना कार्यान्वयन गरी पूरा गर्नेगरी प्रदेश सरकार अघि बढेको र मिलमिले–बलेवाङ्ग सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम पनि छिट्टै अघि बढ्ने जानकारी दिनुभयो ।

“विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म विचलित भएको छैन,” उहाँले भन्नुभयो, “विकास निर्माणको कामलाई अगाडि बढाउने सवालमा दृढताका साथ लागिरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहने छु ।”

कार्यक्रममा एमाले जिल्ला सदस्य सुष्मा श्रेष्ठ, शिव अधिकारी, डिलाराम बन्जाडेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।