२४ मंसिर २०८२, बुधबार
,
Latest
आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छः संयोजक दाहाल



;Daf]wg– bfxfn uf]/vf (, sflQs M g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf s]Gb|Lo dxflwa]zg cfof]hs ;ldltsf ;+of]hs Pj+ k”j{k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú cfOtaf/ dfcf]jfbL s]Gb| uf]/vfn] lhNnf kf6L{ sfof{nodf cfof]hgf u/]sf] sfo{stf{ e]63f6 tyf k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:j/ M bLks >]i7÷ /f;;
अ+ अ-

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माध्यममार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो ।

केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले भन्नुभयो,“हामी निर्वाचनबाट पछि हट्ने कुरा हुँदैन । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनु आवश्यक छ । पछिल्लो परिस्थितिको निकास यसैबाट हुनसक्छ ।”

‘जेनजी’ प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उहाँको भनाइ थियो । पछिल्लो समय निर्वाचनको वातावरण बन्दै गएको र अन्य दल पनि निर्वाचनमा भाग लिन तयार भइसकेको संयोजक दाहालले बताउनुभयो ।

कुनै पनि बहानामा फेरि अर्को दुर्घटना हुन नदिने जिम्मेवारी सबैको रहेको भन्दै उहाँले त्यसका लागि पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो । संयोजक दाहालले ‘जेनजी’ पुस्ताले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे आफ्नो पार्टीले सुरुदेखि नै आवाज उठाउँदै आएको पनि उल्लेख गर्नुभयो । रासस