३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा
अ+ अ-

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ । उक्त अध्ययन ईसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गर्नुभएको हो ।

अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ । यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ । हिमनदी पग्लने दर बढ्दा अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विष्फोटनको बाढी सम्बन्धमा गरिएको उक्त अध्ययनले सो पुष्टि गरेको हो । भूगर्भीय र भूआकृतिक कारकहरूको विनाशकारी, जटिल र श्रृङ्खलाबद्ध असरले सो क्षेत्रमा हिमताल विष्फोटन बाढीको शक्तिलाई बढाइदिएको अध्ययनमा उल्लेख छ ।

इसिमोडको अध्ययनका एक लेखक ‘रिमोट सेन्सिङ विश्लेषक’ सुदन विकास महर्जनले हिन्दुकुश हिमालयमा २५ हजारभन्दा बढी हिमताल रहेका र थामे घटनाले तुलनात्मक रूपमा साना तालबाट पनि हुने जोखिम बुझ्न र रोक्नका लागि धेरै प्रयास गर्न आवश्यक छ भन्ने देखाएको उल्लेख गर्नुभयो । अध्ययनमा जलवायु परिवर्तनका कारण थामेमा बिनाशकारी क्षति पुगेको उल्लेख छ ।

अध्ययनले चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा बाँध भत्किएर एक लाख ५६ हजार घन मिटर पानी बाहिरिएको देखाएको छ । उक्त पानी १२० मिटर तल रहेको अर्को तालमा खस्दा तालमा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल परेको थियो । त्यसले थप तीन लाख तीन हजार घनमिटर पानी बाहिरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

दुवै तालमा भएको पानी एक साथ बग्दा पानीको बहाव अत्यन्तै तीव्रभएको र त्यसले ठूला ढुङ्गासहितका भग्नावशेषलाई ८० किलोमिटर तलसम्म बगाएर लगेको थियो । त्यसपछि उत्पन्न बाढीले आफ्नो बाटोमा पर्ने नदी किनारमा क्षति गरेको थियो ।

नदीको प्राकृतिक रूपमा साँघुरिएको भाग र अस्थायी रूपमा जम्मा भएको बाढीको पानी बगेर जाँदा बाढीले ठूलो रुप लिएको थियो । “यसले गर्दा ठूलो क्षति भएको, थामे गाउँ नजिकको करिब आधा किलोमिटर चौडा उपत्यका भग्नावशेषहरुले भरिएको थियो ।”

बाढीले निजी घर, एउटा विद्यालय, स्वास्थ्य चौकी, पुल र एउटा जलविद्युत् आयोजनालाई क्षति पुर्याएको थियो । उक्त घटना दिउँसो भएकाले र पानी जम्मा भएको कारण बाढी चरणबद्ध रूपमा आएकाले मानवीय क्षति हुन नपाएको प्रतिवेदनमा उल्लेख छ । उक्त विपद्ले १३५ व्यक्ति विस्थापित र २५ घर नष्ट भएका थिए ।

नेपालमा सन् १९२० को दशकदेखि यता ९० भन्दा बढी हिमताल विष्फोटन भइसकेका छन् । जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै ५० वर्षभन्दा कम अवधिमा पाँचवटा यस्ता ठूला घटना भइसकेका छन् ।

हिमताल विष्फोटन बाढी उच्च हिमाली क्षेत्रमा सबैभन्दा विनाशकारी र प्रमुख खतरामध्ये पर्दछन् । केही घण्टाभित्रै लाखौं घन मिटर पानी र भग्नावशेष छोड्न सक्ने क्षमता भएका यस्ता घट्नाले तल्लो तटीय क्षेत्रमा विनाशकारी क्षति पुर्याउँछन् ।

अध्ययनका सहलेखक इमिमोडका हिम विश्लेषक तेन्जिङ छोग्याल शेर्पाले जलवायुका अति गम्भीर घटना बढ्दै जाँदा, थामे जस्ता बाढीका घट्ना एउटा कठोर सम्झना र आत्म–चिन्तनको क्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले पहाडी समुदायहरूले कसरी जलवायु–प्रेरित विपत्तिहरूको चपेटा सहिरहेका छन् भन्ने देखाउँछ । यस्ता अध्ययनले जलवायु परिवर्तनका वास्तविकताहरू बुझ्न सहयोग गर्छ ।”

इसिमोडका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सहलेखक अरुणभक्त श्रेष्ठले थामे घटनाले हिन्दुकुश हिमालय क्षेत्रमा विश्वको तुलनामा झन्डै तीन गुणाले तापक्रम वृद्धि भइरहेकाले यस क्षेत्रका हिमनदीमा खतरा बढ्दै गएको बताउनुभयो । “पछिल्ला दुई वर्षमा मात्रै, हामीले यस क्षेत्रमा हिमताल विष्फोटन बाढीसहित धेरै उच्च हिमाली खतराहरू देखेका छौं, त्यसैले अब यस क्षेत्रमा वास्तविक सूचना तत्काल सुदृढ गर्न थप बाढी र मौसम पूर्वानुमान स्टेसन स्थापना र भविष्यमा हुनसक्ने घट्नाबाट हुने क्षति घटाउन ईन्जिनियरिङ संरचना, जस्तै नदीकिनार सुरक्षणसम्बन्धी काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

थामे घटनाले हिमवत क्षेत्र र विपद्सम्बन्धित घटना बुझ्न र भविष्यमा कार्यान्वयन योग्य नीति निर्माणका लागि पाठ सिकाएको छ । हालसालै, यस क्षेत्रमा ‘बिल्डिङ एडप्टेसन एण्ड रेजिलेन्स इन द हिन्दु कुश हिमालयज’ परियोजनाले विपद्को लागत र जोखिम घटाउनेमा ध्यान केन्द्रित गरेको छ ।