११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन—जी रेडफोर्स संयोजक तिमिल्सिना



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।

जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्नुहुँदै सरकारले छानविन गर्नुपर्ने बताउनु भयो ।

छानविनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उहाँको भनाई छ । उहाँले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउनले बताउनु भयो । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार नसहने उहाँको भनाई छ । उहाँले यो अब देश जेनजी रेडफोर्सले मात्रै बनाउने दाबी गर्नुभयो । उहाँले जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउनुहुँदै नेपालभरीका वामपन्थी, कम्युनिष्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माओवादी केन्द्रमा भ्रष्टाचारनै छैन, भन्दिन म । भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरुलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईहरुले जेल हाल्न सक्नुहुन्छ, यदी उहाँ दोषी देखिनुहुन्छ भने । रेडफोर्स भ्रष्टाचार विरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार सहनेछैन ।’ 

जेन—जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानविन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पती छानविन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडी सारेको छ । – न्युज एजेन्सी नेपाल