१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

भारतले गेट नखोल्दा दुईसय नेपाली अलपत्र

भारतले गेट नखोल्दा दुईसय नेपाली अलपत्र
अ अ+ अ-

बैतडी । भारतका विभिन्न शहरबाट नेपाल आउन भारतीय सीमा नाका झुलाघाटमा नेपालीको भीड जम्मा भएको छ । दुईसय भन्दा बढी नेपालीहरु झुलाघाटमा दुईदिनदेखि अलपत्र परेका छन् ।

भारतमा काम गर्दै आईरहेको कम्पनी बन्द भएपछि खाने बस्ने व्यवस्था नहुँदा दुईसय भन्दा बढी नेपालीहरु हिँडेरै नेपाल–भारत सीमा नाका झुलाघाट आईपुगेका हुन् । भारतमा कडा लक डाउनका कारण भारततर्फको गेट खुल्न नसक्दा अलपत्र परेका नेपालीहरु बिहीबार साँझसम्म पनि नेपाल आउन सकिरहेका छैनन् ।

भारतका विभिन्न शहरबाट हिँडेरै झुलाघाट पुगेका नेपाली दुईदिनदेखि अलपत्र अवस्थामा सडक र स्थानीय स्कुलको प्राङ्गणमा जम्मा भएर बसेको भारतीय सञ्चारकर्मी जागरण दैनिकका प्रमोद भट्टले जानकारी दिनुभयो ।

भट्टले भन्नुभयो, “दुईसय भन्दा बढी नेपाली दुईदिनदेखि झुलाघाटमा अलपत्र परेका छन् । उनीहरु भारतका विभिन्न सहरबाट हिँडेर झुलाघाट आईपुगेका हुन् ।”

अलपत्र परेका नेपालीलाई नेपाल ल्याउन भारतसँग कुरा भए पनि भारतमा पूर्णरुपमा लक डाउन भएकाले पिथौरागढ जिल्ला प्रमुखको हातमा पनि सीमा गेट खोल्ने अधिकार नभएको जानकारी प्राप्त भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

प्रजिअ पौडेलले भन्नुभयो, ‘पिथौरागढका जिल्ला प्रमुखसँग सीमामा रहेका नेपालीका विषयमा कुराकानी भएको र उहाँले पनि केन्द्रीय सरकारको अनुमति मागिरहेको जानकारी आएको छ ।’

यसैबीच, बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउन गाउँपालिकालाई अनलाईन सेवाबाटै पास उपलब्ध गराउने, मन्दिरमा पूजाआजाका नाममा हुने भीड हुन नदिने र स्थानीय तहमा भएका क्वारेन्टाईनमा स्थानीय सचेत युवाको समूह परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

बैठकमा बुधबार राति क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटका विषयमा समेत कुरा उठेकोले कुटपिटमा सम्लग्न व्यक्तिलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

भारतबाट आएका सातजनालाई क्वारेन्टाइनमा राखेको भन्दै परिवारका सदस्य बैतडीको पुरचौडी नगरपालिका ५ कुवाकोटमा नरेन्द्र जागिरीले क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मी अहेब करनसिंह धामीमाथि कुटपिट गरेका थिए ।

घटना बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको हो । चैत १२ गते भारतको ब्याङ्ग्लोरबाट आएका सातजनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।

क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राति १० बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।, गोरखापत्रमा प्रकाशित छ ।