३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

पर्यटकलाई लोभ्याइरहने सुन्दरताले भरिएको इन्द्र सरोवर (फोटो फिचर)

पर्यटकलाई लोभ्याइरहने सुन्दरताले भरिएको इन्द्र सरोवर (फोटो फिचर)
अ+ अ-

काठमाडौं । मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर पर्यटकीय गन्तव्य हो । इन्द्रसरोबरकै नामबाट पालिकाको नाम राखिएको छ । यो ताललाई कुलेखानीका रुपमा पनि चिनिन्छ ।

यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । नेपालको सबैभन्दा ठुलो मानव निर्मित इन्द्र सरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ ।

जुन गाँउ, बेसी, पाखा, पँधेरो र स्थानीय बासिन्दाको सुन्दरताले भरिएको छ । अनि आँखाले नभ्याउने इन्द्रसरोबरको सुन्दरता छचल्किन्छ ।

काठमाडौंबाट झन्डै दुई घण्टामा पुग्न सकिने मकवानपुरको कुलेखानी अधिकांश समय पर्यटक आवगमन स्थल हो । काठमाडौंबाट नजिके र हेटौडा भएर काठमाडौं फर्किनेहरुको लागि समेत चौतारीको रुपमा कुलेखानी रहेको पाईन्छ । त्यसैले गर्दा काठमाडौं उपत्यकाबाट घुम्ने जाने र हेटौंडा भएर बाहिरबाट काठमाडौं आउनेहरु कुलेखानी घुमेर आउने गरेको पाईन्छ ।

मकवानपुरको देउरालीबाट कुलेखानी र त्यस आसपासको क्षेत्र हेर्दा मनै आनन्द आँउछ । धूलो, धूवाँ अर्थात् प्रदूषण मुक्त, सवारी साधन र चर्को आवाजहरुको सट्टामा चराचुरुङ्गीहरुको मिठो आवाज अनि वरपर चरिरहेका गाँउवस्तुहरु हेर्दा मन नै आनन्द हुन्छ । अनि कुलेखानी तालमा देखिने सफा कञ्जन पानी, अनि माछाहरुले पानीमा ल्याउने छलाङ्गले प्राकृतिक आनन्द पाईन्छ ।

कुलेखानी जलविद्युत आयोजनाका लागि कुलेखानी थुनेर बनाइएको यो ताल निकै सुन्दर छ । कुलेखानीबाट सुन्दर हिमालका दृश्य पनि देखिन्छन् ।

कुलेखानी र त्यसआसपासको क्षेत्रको प्राकृतिक सौन्दर्यता साँच्चिकै मनमोहक छ ।