६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने



European flags in front of the Berlaymont building, headquarters of the European commission in Brussels.
अ+ अ-

बर्लिन। बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै इयूले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको शनिबार युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनलले बताउनुभएको छ।

विश्वको सबैभन्दा धेरै दुर्लभ खनिज उत्पादन गर्ने मुलुक चीनले खनिज प्रविधिको निर्यातमा लगाएको नयाँ नियन्त्रणले युरोपेली सङ्घका केही कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको र आर्थिक नोक्सान पुगेको युरोपेली सङ्घले बताएको छ ।

इयू प्रमुख भोन डेर लेयनले भन्नुभयो, “यसको उद्देश्य हाम्रा युरोपेली उद्योगहरूका लागि छोटो, मध्यम र दीर्घकालीन रूपमा महत्वपूर्ण कच्चा सामानको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्नु हो।”

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स आवश्यक गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरङ्ग सिर्जना गरेको छ।

चीनले यसै महिना अटो, इलेक्ट्रोनिक्स र रक्षा उद्योगका लागि म्याग्नेटलाई महत्वपूर्ण बनाउन प्रयोग गरिने दुर्लभ खनिज प्रविधिको निर्यातमा नयाँ नियन्त्रणको घोषणा गरेको छ।

भोन डेर लेयनले भन्नुभयो, “इयू योजनाको एक महत्त्वपूर्ण सुरवात पुनः प्रशोधन हुनेछ। “केही कम्पनीहरूले ९५ प्रतिशत महत्वपूर्ण कच्चा माल र ब्याट्रीहरू रिसाइकल गर्न सक्छन्,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “इयू समूहले ‘महत्वपूर्ण कच्चा पदार्थको उत्पादन र प्रयोगपछिमने पुनः प्रशोधन प्रक्रिया’ मा पनि ध्यान केन्द्रित गर्नेछ र ‘युक्रेन, अष्ट्रेलिया, क्यानाडा, कजाकिस्तान, उज्बेकिस्तान, चिली र ग्रीनल्याण्डजस्ता देशहरूसँग महत्वपूर्ण कच्चा माल खरिदका लागि साझेदारी गर्नेछ। रासस