६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था



अ+ अ-

बागमती। छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार छठ घाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने छ ।

व्रतालुहरू पूजा गर्न नदी तटमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष टोली, मोबाइल गस्तीदेखि र ‘स्ट्राइकिङ’ सहितका प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।

तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ । रासस