९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्योदय र शान्तिको गाउँ तनहुँको मानुङकोट–फोटोफिचर



अ+ अ-

तनहुँ । पछिल्ला वर्षहरूमा तनहुँको मानुङकोट देश–विदेशका पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

दमौली बजारदेखि झण्डै १२ किलोमिटर दूरीमा अवस्थित यो पहाडी गाउँबाट देखिने सूर्योदय र हिमालको दृश्यले आगन्तुकलाई मन्त्रमुग्ध पार्ने गरेको छ ।

मानुङकोटको मुख्य आकर्षण बिहानको सुर्योदयसँगै देखिने अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृंखला हो । एकाबिहानै कुहिरोले दमौली बजारलाई ढाक्दा अझ सुन्दर दृश्य देखिन्छ ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरु पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय थालेका छन् ।

दमौली–मानुङकोट सडक सुधारसँगै यहाँको पर्यटनले थप गति पाउने अपेक्षा गरिएको छ । सामाजिक सञ्जालमा फैलिएका सूर्योदय र कुहिरोको तस्वीरहरूले पनि मानुङकोटलाई देशका युवा यात्रुहरूको नयाँ ‘भाइरल डेस्टिनेशन’ बनाइदिएको छ ।

तस्बिरः न्यूजपोलार