१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु



अ+ अ-

स्याङ्जा। आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही वडाको लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्साल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल नेपालीले जानकारी दिनुभयो ।

पुतलीखेत–सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु५९प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । सातौँबाट पुतलीखेततर्फ आउने क्रममा ओरालो सडकबाट मोटरसाइकल अनियन्त्रित भई झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना परी गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु्र्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक लम्साल हाल राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराको कार्यालय प्रमुख हुनुहुन्थ्यो । रासस