६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारको एक सातामा ६९ दुर्घटना



अ+ अ-

चितवन। नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् ।

मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उहाँले बताउनुभयो । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।